रौतहटको कर्कचमा पोखरीमा डुबेर दुई बालिका बेपत्ता

पवन साह Avatar
रौतहटको कर्कचमा पोखरीमा डुबेर दुई बालिका बेपत्ता

रन्धिर साह । रौतहटको कर्कचमा पोखरामा डुबेर दुई बालिका बेपत्ता भएका छन् । रौतहटको देवाही गोनाही नगरपालिका वडा नम्बर ६ कर्कच र वडा नम्बर ७ उचिडिको कोणमा पर्ने पोखरामा नुहाउने क्रममा डुबेर दुई बालिका बेपत्ता भएका हुन् । सोमबार बिहान ९:३० बजेको समयमा सो पोखरी नजिक बाख्रा चराउन गएका बालबालिकाहरुको समुह पोखरीमा नुहाउन गएको थियो । नुहाउने क्रममा दुई बालिका डुबानमा परे पछि ती बालबालिकाहरु बचाउन होहल्ला गर्न थाले पछि स्थानीयहरु पुग्दा ती दुबै बालिका बेपत्ता भइ सकेको ईलाका प्रहरी कार्यालय देवाही गोनाहीका प्रमुख प्रहरी कमल लुङ्गेलले बताए छन् । घटना स्थलमा नेपाल प्रहरी र शस्त्र प्रहरी बल तथा कर्कचका युवाहरू संयुक्त रूपमा खोजतलास गरि रहेका छन् । ईलाका प्रहरी कार्यालय देवाही गोनाहीका प्रहरी लुङ्गेलका अनुसार शिवधारी रामकी ११ वर्षया छोरी अन्तिमा राम र रामदेयाल रामकी १२ वर्षिया छोरी आर्ती राम पानीमा बेपत्ता रहेको बताए छन् ।

सदा झै ती बालिकाहरु आज पनि बाख्रा चराउन खेत तिर गएको र आज पहिलो पटक सो पोखरी तिर चराउन पुगेको पीडित अभिभावकहरुले बताए छन् । ती दुबै बालिका गाउँ नजिकै रहेको श्री माध्यमिक बिधालय कर्कच गूठीमा कक्षा ४ मा अध्ययन रत रहेकी थिइन् । करिब ७ घटनासम्म खोजतलास गरे पनि हालसम्म ती बालिकाहरुको कुनै पता लाग्न नसकेको प्रहरीले बताए । थप खोजतलास कार्य जारी रहेको प्रहरीले बताएका छन् । सो घटना स्थलमा देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह, उप मेयर परनिया देवि पटेल, पुर्व वडा अध्यक्ष अनिलकुमार झा, वडा अध्यक्ष विष्णु दास र वडा नम्बर ७ का वडा अध्यक्ष सहित स्थानीयहरुले पनि खोजी कार्यमा पूरा सहयोग गरिरहेको प्रहरीले बताएका छन् ।