शैलेश गुप्ता, पोखरिया ।
पर्सा जिल्लाको पोखरिया नगरपालिका वडा नम्बर–५ सतवरियास्थित रहेको दलित बस्तीको ३५ वटा घरमा पानी पसेर जलमग्न भएको छ । घरमा पानी पस्दा जनजीवन प्रभावित भएको छ ।
३५ वटा घरमा रहेको करीब १५० जनाको परिवारले खाना खाएका थिएनन् । घरमा पानीका कारण चुल्लो बल्न सकेको छैन । परिवारमा रहेका दलित बच्चाहरूले खानको लागि भोकले छटपटिएर रोइरहेका थिए । उनका अभिभावकहरूले खाना पकाउने ठाउँमा २ फिट देखि ४ फिटसम्म पानी जमेको कारणले खाना पकाउन, खान, बस्न, सुत्न समस्या भएको बताएका छन् । तत्काल राहतका लागी सम्बन्धित निकायसित गुहार गरेका छन् ।









