,

नेपाल राष्ट्रवाद संघले पूर्व युवराज्ञी हिमानी शाहको ५० औ जन्मोत्सव वीरगन्जमा मनायो

पवन साह Avatar
नेपाल राष्ट्रवाद संघले पूर्व युवराज्ञी हिमानी शाहको ५० औ जन्मोत्सव वीरगन्जमा मनायो

पवन प्रसाद साह

वीरगंज/ १५ असोज

नेपाल राष्ट्रवाद संघ केन्द्रीय कार्यालय वीरगन्जले पूर्व युवराज्ञी हिमानी शाहको आज ५० औ जन्मोत्सव वीरगन्जमा मनाएको छ।

शाहको ५० औ जन्मोत्सवको अवसरमा वीरगन्ज स्थित घण्टाघर चोकमा संघका केन्द्रिय अध्यक्ष जनकलाल शाहको अध्यक्षतामा पूर्व युवराज्ञी हिमानी शाहको तस्विरमा माल्यार्पण गरी सु-स्वास्थ्य, दीर्घायु एवं उज्वल भविष्यको कामना गर्दै जन्मोत्सव मनाएको छ।

जन्मोत्सव कार्यक्रममा संघका पर्सा जिल्ला अध्यक्ष संगीता देवी शाह, उमाशंकर प्रसाद, पृथ्वी झा, संतोष गुप्ता, बिसनु कुमार दास, हरेराम रौनियार, संतोष गुप्ता ,इदा मिया,राधाकृष्ण चौहान, रिता देवी,वीरेन्द्र साह तेली,मदन ठाकुर हजाम,वकिल मिया,राजेन्द्र पाल,प्रसाद साह, लगायतको सहभागिता रहेको थियो ।