अन्तरराष्ट्रिय प्रतियोगितामा पदक जितेका खेलाडी सम्मानित

पवन साह Avatar
अन्तरराष्ट्रिय प्रतियोगितामा पदक जितेका खेलाडी सम्मानित
काठमाडौँ, ११ असोजः नेपाल बुदोकैदो ‘फूल कन्ट्याक्ट’ कराते सङ्घले विभिन्न अन्तरराष्ट्रिय प्रतियोगितामा पदक जितेका खेलाडीलाई सम्मान गरेको छ ।
अजरवैजानको बाकुमा भएको विश्व बुदो मार्सल आट्र्स च्याम्पियनसिपका पदक विजेता सागर विष्ट, बविता कार्की, रोचक भारती, पूजा खड्का र सुदर्शन खतिवडा तथा सोही प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेकी करुणा राउतलाई आज सम्मान गरिएको हो ।
श्रीलङ्कामा भएको दक्षिण एसियाली फूल कन्ट्याक्ट कराते प्रतियोगिताको खुला तौल समूहमा स्वर्ण पदक जितेका सनि सिंह, जापानमा भएको तेजुका कप फूल कन्ट्याक्ट कराते प्रतियोगिताको एकल कातामा कास्य विजेता दावा शेर्पा र थाइल्याण्डमा भएको १२औँ विश्व स्ट्रेन्टलिफ्टिङ तथा इन्क्लान बेञ्च प्रेसको पुरुष ५० वर्षमाथि ७६ केजीमा स्वर्ण जितेका केदारमान स्थापितलाई पनि सम्मान गरिएको छ ।
त्यस अवसरमा नेपाल फूल कन्ट्याक्ट कराते महासङ्घका नवनिर्वाचित अध्यक्ष सूर्यबहादुर बूढाथोकीलाई पनि सम्मान गरिएको थियो । रासस