वीरगंज, २८ भदौं । जेनजीको आन्दोलनका क्रममा काठमाडौंमा प्रहरीको गोली लागेर मृत्यु भएका वीरगंज महानगरपालिका वडा नं.१२ मुर्लीका २२ वर्षीय असहाब आलमको आज बिान सम्मानसहित अन्तिम संस्कार गरिएको छ ।
शुक्रवार राति काठमाडौंबाट आलमको शव वीरगंज ल्याइएको थियो । शनिवार बिहान शवयात्रा निकालेर मुर्ली पोखरीको कब्रस्तानमा अन्तिम संस्कार गरिएको हो ।
आलमको शवमा जेनजी पुस्ताका युवाहरूले नेपालको राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धान्जली अर्पण गरेका थिए । अन्तिम संस्कारमा मुस्लिम सुमदायका साथै हिन्दुहरू पनि हजारौंको संख्यामा सहभागी भएका थिए ।
दुर्ई महिना अघि विवाह गरेका आलम विगत तीन वर्षदेखि अध्ययन तथा रोजगारीका सिलसिलामा काठमाडौंमा बस्दै आएका थिए ।
पठाओ राइडर रहेका आलमले एक यात्रीलाई गोङ्गबु लिएर जाँदै थिए । त्यहि बेला जेनजी आन्दोलनको क्रममा प्रहरीले चलाएको गोली लागेर आलमको ज्यान गएको वीरगंज–१२ का पूर्व वडाध्यक्ष तुफान अन्सारीले जानकारी गराए ।
आलमको पेट र छातीमा गोली लागेको थियो । वीरगंजको ग्लोबल बिजनेस कलेजबाट व्यवस्थापन संकायमा कक्षा १२ उत्तीर्ण गरेका आलम स्नातक अध्ययनका लागि काठमाडौं गएका थिए ।