बारामा बिहीवार रातिदेखि कफर्यू आदेश

बारामा बिहीवार रातिदेखि कफर्यू आदेश
बारा, २६ भदौ । जिल्ला प्रशासन कार्यालय बाराले बारा जिल्लामा बिहिवार राति देखि फेरी कफर्यू आदेश जारी गरेको छ । हालको परिस्थितिलाई ध्यानमा राख्दै जिल्लाभर कफ्र्यू आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले जनाएका छन् । उनले जारी गरेको आदेश अनुसार २०८२ भदौ २६ गते राती ८ बजेदेखि भदौ २७ गते बिहान ६ बजेसम्म जिल्लाभर कफर्यू लागु हुने छ ।
कफ्र्यू अवधिभर कुनै पनि व्यक्ति वा समूहलाई आवतजावत गर्न, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न पूर्ण निषेध गरिएको छ। प्रशासनले अनावश्यक भीडभाड तथा हिंसात्मक गतिविधि रोक्न कफ्र्यू आदेश जारी गरिएको स्पष्ट पारेको छ।
कफर्यू अवधिमा एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी सवारि साधन, पत्रकार, पर्यटक सवारि साधन, मानव अधिकारकर्मी, कूटनीतिक निकायका सवारी साधन र हवाई टिकट देखाएर गर्ने यात्रा भने सुचारू रहने प्रशासनले जनाएको छ । यस अघि आज बिहान मात्रै प्रशासनले कफ्र्यू तथा निषेधित क्षेत्र नरहेको जनाएको थियो । तर परिस्थितिलाई मध्यनजर गर्दै फेरी कफ्र्यू लगाइएको हो ।