जगरनाथपुरका युवा नेता बृजेश्वर चौधरीद्वारा पीडित परिवारलाई आर्थिक सहयोग

 

अभिलाष गुप्ता /जगरनाथपुर

जगरनाथपुर गाउँपालिका–६ का युवा नेता बृजेश्वर चौधरीले बिरामीसँग संघर्ष गरिरहेको एक अति असहाय पीडित परिवारलाई आर्थिक सहयोग प्रदान गरेका छन्। उपचारका क्रममा आर्थिक अभाव झेलिरहेको उक्त परिवारलाई केही राहत पुगोस् भन्ने उद्देश्यले उनले सहयोग गरेका हुन्।

चौधरीले सानो सहयोगले पनि पीडित परिवारको उपचारमा सहजता आउने विश्वास व्यक्त गर्दै समाजका अन्य व्यक्तिहरूलाई पनि यस्ता विपन्न तथा पीडित परिवारप्रति सहयोगी बन्न आग्रह गरेका छन्। “यहाँजस्ता पीडित व्यक्तिहरूलाई थोरै–थोरै सहयोग गर्दा ठूलो राहत पुग्छ, सबैले आ–आफ्नो ठाउँबाट साथ दिनु आवश्यक छ,” उनले भने।

उनले आगामी दिनहरूमा पनि आफूले सक्दो सहयोग निरन्तर गरिरहने प्रतिबद्धता व्यक्त गरेका छन्। स्थानीय स्तरमा युवाहरूको यस्तो सामाजिक कार्यले मानवीय सहयोग र सहकार्यको भावना अझ बलियो बन्दै गएको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित