वीरगंज । पर्सा जिल्ला अदालतमा बुधबार तारिख लिन आएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो मुद्दामा वारिस राख्न निवेदन दिएका थिए। सोही निवेदनका आधारमा बिहीबारका लागि पेशी तोकिएको थियो।
उक्त पेशीमा निवेदकको तर्फबाट अधिवक्ता चन्द्रिका प्रसाद पटेलले बहस गरेका थिए। बहसका क्रममा निवेदक तोकिएको मितिमा स्वयं उपस्थित हुन नसक्ने विशेष परिस्थिति रहेको, स्वास्थ्य अवस्था तथा अन्य अदालतहरूमा चलिरहेका मुद्दाका कारण एकै समयमा उपस्थित हुन कठिन हुने उल्लेख गरिएको थियो।
बहसपछि न्यायाधीश सुमन कुमार न्यौपानेको इजलासले कागजात तथा प्रस्तुत तर्कहरूको मूल्याङ्कन गर्दै निवेदकलाई वारिसमार्फत उपस्थित हुन अनुमति दिने आदेश जारी गरेको हो।
आवश्यक परेमा वारिसमार्फत नै उपस्थित गराउन सकिने व्यवस्था पनि आदेशमा उल्लेख गरिएको अधिवक्ता चन्द्रिका पटेलले जानकारी दिए।









