विपन्न परिवारलाई रास्वपाका युवा नेता पशुराम साह द्वारा खाद्यान्न सामग्री सहयोग

 

हरिकिशोर शर्मा / चैत १५ जिराभवानी पर्सा

समाज सेवामा सक्रिय रहँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता एवं समाजसेवी पशुराम साह एक अति विपन्न परिवारलाई खाद्यान्न सामग्री सहयोग गरेका छन्।जगरनाथपुर गाउँपालिका वडा न ४ कदमिया टोल क्षेत्रमा बसोबास गर्दै आएका एक गरिब परिवारको काम किरिया गर्नको लागि लागेको जानकारी पाएपछि साहले आफ्नो तर्फबाट आवश्यक खाद्यान्न सामग्री सहयोग गरेका हुन्।

आर्थिक अभावका कारण किरिया व्यवस्थापनमा समस्या भोगिरहेको उक्त परिवारलाई सहयोग पुर्‍याउने उद्देश्यले चामल, दाल, तेल,आलु ,पियाज केही नगद लगायतका दैनिक उपभोग्य खाद्यान्न सामग्री प्रदान गरिएको उनले बताए।राजनीति मात्र नभई समाज सेवामा पनि सक्रिय रहनुपर्ने विश्वास व्यक्त गर्दै साहले भने, “राजनीति त हुँदै गइरहेको छ, तर त्यससँगै समाज सेवामा पनि हामी सबैले हातेमालो गर्नुपर्छ। सानो सहयोगले पनि कसैको जीवनमा ठूलो राहत पुग्न सक्छ।

सहयोग प्राप्त गरेपछि परिवारका सदस्यहरूले साहलेआभार व्यक्त गरेका छन्। उनले काम किरिया लागेको दाम्पत्य जीवन सुखमय र सफल होस् भनी भगवानसँग प्रार्थना समेत गरेका छन्।

स्थानीयहरूले साहले यो सहयोगी कार्यको प्रशंसा गर्दै यस्ता सामाजिक कार्यले समाजमा सकारात्मक सन्देश फैलाउने बताएका छन्।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित