प्रतिनिधिसभा सदस्य शाक्यद्वारा आगामी एस ई ई परीक्षामा उत्त्कृष्ट हुनेलाई रु ५१ हजार प्रदान गर्ने घोषणा   

 

हरिकिशोर शर्मा / चैत १० जिराभवानी पर्सा ।

 

पर्सा निर्वाचन क्षेत्र नम्बर ४ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य टेकबहादुर शक्यले चैत १९ गतेदेखि सन्चालन हुने एस ई ई परीक्षामा पर्सा ४ बाट सहभागी परीक्षार्थी मध्ये सर्वोत्कृष्ट जिपिए ल्याउने एकजना विद्यार्थीलाई नगद रु ५१ हजार १ सय ११ रुपैया पुरस्कार दिने घोषणा गरेका छ्न्। श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय ओडारमा आज ठोरी गाउँपालिकाभित्रका एस ई ई परीक्षामा सहभागी हु

ने छ वटा मा वि का विद्यार्थीहरुकालागि शुभकामना प्रदान कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य शक्यले उक्त उद्घोष गरेका हुन्। त्यसैगरी आफ्नो निर्वाचन क्षेत्र भित्रका बिभिन्न पालिकाबाट पालिका प्रथम हुने एकजाना विद्यार्थीलाई नगद रु २१ हजार १ सय ११ बाट समेत प्रोत्साहन गरिने पनि शाक्यले उद्घोष गरे। कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका शाक्यले विद्यार्थीहरुलाई आत्मविश्वासका साथ परीक्षामा सहभागी हुन हौसला प्रदान गरे। शिक्षा राज्यकै समस्या बनेको औंल्याउँदै शाक्यले अब बन्ने सरकारले शिक्षालाई प्राथमिकताका साथ अघि बढाउने बताए। शिक्षालाई सुधार गर्न सर्वपक्षीय हातेमालो जरुरी रहेको औंल्याउँदै उनले पर्सा ४ को शिक्षामा सुधार ल्याउन आफू अबका केही दिनदेखि नै योजनाका साथ लाग्ने समेत प्रतिबद्धता व्यक्त गरे।

शिक्षा विना जीवन अधुरो र अँध्यारो रहने हँदा उज्ज्वल भविष्यको खोजीमा लाग्न समेत विद्यार्थीलाई हौसाउँदै सांसद शाक्यले एस ई ई पछि पठनपाठनमा कुनै बाधा आए आफूलाई अभिभावक सम्झि समस्या बताउन आग्रह गर्दै उक्त समस्यालाई आफूले समाधान गरिदिने समेत प्रतिबद्धता व्यक्त गरे।

१२ लाख युवाहरूलाई नेपाल मै जागिर दिने आफ्नो पार्टीको वाचापत्रमा उल्लेख गरिएकाले आगामी दिनमा दक्ष जनशक्ति पलायन हुने अवस्था नआउने पनि विस्वास व्यक्त गरे।

कार्यक्रम ठोरी भित्रका ६ वटा सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थीको सहभागिता रहेको शुभकामना कार्यक्रममा श्री नेरामावि ओडारका वि व्य स अध्यक्ष मणि घिमिरेको अध्यक्षतामा भएको हो।उक्त कार्यक्रममा समाजसेवी सन्तोष श्रेष्ठ ,सरस्वती मा वि गौतमनगरक प्रअ महेन्द्र उपाध्याय लगायतका व्यक्तिहरुले शुभकामना प्रदान गरेका थिए।कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका प्रअ भुपाल कुमार जोशीले गरेका थिए भने कार्यक्रमको सहजीकरण सप्रअ चिरञ्जीवी सापकोटाले गरेका थिए।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित