हरिकिशोर शर्मा / चैत ९, जिराभवानी (पर्सा)
पर्सा जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी द्वारा आयोजित चार जना माननीयज्यूहरूको स्वागत तथा हार्दिक बधाई कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा नव–निर्वाचित माननीयज्यूहरूलाई सम्मान गर्दै जनताको अपेक्षा, विश्वास तथा जिम्मेवारीलाई दृढतापूर्वक अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरिएको थियो। उपस्थित नेता, कार्यकर्ता तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिताले कार्यक्रमलाई थप उत्साहपूर्ण र प्रभावकारी बनाएको थियो।

यस अवसरमा वक्ताहरूले पार्टीप्रति जनताको विश्वास अझ मजबुत हुँदै गएको उल्लेख गर्दै आगामी दिनमा सुशासन, विकास र समृद्धिको यात्रालाई थप गति दिने विश्वास व्यक्त गरेका थिए।
कार्यक्रमले स्थानीय स्तरमा पार्टीप्रति जनसमर्थन र उत्साह बढाएको आयोजकले बताएका छन्।








