मारवाडी प्रिमियर लिग–३ : आठौं दिनका खेल सम्पन्न, धौलागिरी बौधिमाई विजयी

 

 

वीरगंज/०६ चैत

 

मारवाडी युवा मञ्च तथा ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरको संयुक्त आयोजनामा सञ्चालित “मारवाडी प्रिमियर लिग–३” अन्तर्गत आठौं दिनका खेलहरू वीरगंजस्थित आदर्शनगर रंगशालामा उत्साहपूर्ण रूपमा सम्पन्न भएका छन्।

 

स्वर्गीय सुशील कुमार खेतान (टिपु)को स्मृतिमा आयोजना गरिएको उक्त प्रतियोगिता फागुन २९ गतेदेखि सुरु भई चैत १० गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ भने कुल २३ खेल खेलाइने कार्यक्रम रहेको छ। विजेताले ४ लाख रुपैयाँ र उपविजेताले २ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने संयोजक केशव खेतानले जानकारी दिएका छन्।

 

आठौं दिनको पहिलो खेल धौलागिरी बौधिमाई र गौरीशंकर हिटर्सबीच भएको थियो। उक्त खेलमा धौलागिरी बौधिमाईले १५ ओभरमा ९ विकेट गुमाउँदै १३३ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको गौरीशंकर हिटर्सले १४.२ ओभरमा ६ विकेट गुमाउँदै १३४ रन बनाउँदै ४ विकेटले रोमाञ्चक जित हात पारेको हो।

यसैगरी दोस्रो खेल मकालु महाकाल राइजर्स र मनास्लु रेडर्सबीच भएको थियो।

 

मकालु महाकाल राइजर्सले निर्धारित ओभरमा ११६ रनको लक्ष्य प्रस्तुत गरेको थियो। तर खेलका क्रममा हावा हुरी तथा वर्षाका कारण अवरोध भएपछि डिएलएस (DLS) नियम अनुसार नतिजा तय गर्ने तयारी गरिएको आयोजकले जनाएको छ।

प्रतियोगिता अन्तर्गत आगामी दिनहरूमा थप रोमाञ्चक खेलहरू हुने अपेक्षा गरिएको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित