डा. नन्दन यादव समानुपातिक सांसदमा चयन, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्तामा खुशी

 

अभिलाष गुप्ता

वीरगंज/२५ फागुन

 

राष्ट्रिय स्वतन्त्र पार्टी (RSP) का मधेशी क्लस्टरबाट समानुपातिक उम्मेदवार डा. नन्दन यादव प्रतिनिधि सभामा चयन भएपछि पार्टीका नेता तथा कार्यकर्तामा खुशी छाएको छ।

 

पार्टीका केन्द्रीय सदस्य तथा वाचापत्र तयारी समितिका सदस्य समेत रहेका यादव लामो समयदेखि पार्टी संगठन विस्तार, नीति निर्माण तथा चुनावी अभियानमा सक्रिय रहँदै आएका थिए। उनले पार्टीका लागि दिन–रात नभनी गरेको मेहनत, समर्पण र चुनावी अभियानमा देखाएको सक्रियताको परिणामस्वरूप समानुपातिक सांसदमा चयन भएको पार्टीका नेताहरूले बताएका छन्।

 

यादवले विशेषगरी मधेश क्षेत्रमा पार्टीको संगठन सुदृढ गर्न, युवाहरूलाई राजनीतिक रूपमा सचेत बनाउन तथा पार्टीको एजेन्डा जनतासम्म पुर्‍याउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका थिए।

 

उनको चयनसँगै मधेश क्षेत्रका नागरिक तथा समर्थकहरूले पनि खुशी व्यक्त गरेका छन्। विभिन्न सामाजिक सञ्जालमार्फत उनलाई बधाई तथा शुभकामना दिने क्रम जारी छ।

 

यस सफलताले पार्टीभित्र थप ऊर्जा र उत्साह थपिएको नेताहरूले बताएका छन्। साथै, सांसदका रूपमा उनले मधेश क्षेत्रको विकास, सुशासन तथा जनताको हितका मुद्दालाई संसदमा प्रभावकारी रूपमा उठाउने विश्वास व्यक्त गरिएको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित