सरोकार मञ्चद्वारा निःशुल्क सिलाइ–कटाइ तालिम कार्यक्रम सुरु

 

अभिलाष गुप्ता

रक्सौल, २४ फागुन

 

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सरोकार मञ्च द्वारा रक्सौलको रेलवे कॉलोनीस्थित गायत्री शक्तिपीठ मन्दिर परिसरमा ३० दिने निःशुल्क सिलाइ–कटाइ तालिम कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रमको उद्घाटन लायन्स क्लबका अध्यक्ष बिमल सर्राफ, अखिल भारतीय मारवाडी महिला सम्मेलनका अञ्चल अध्यक्ष बीमा गोयल, सम्मेलन रक्सौल शाखाकी अध्यक्ष सोनु काबडा, सरोकार मञ्चका अध्यक्ष सेवक सौरभनाथ, गायत्री महिला मण्डल रक्सौलकी अध्यक्ष अनिता श्रीवास्तव तथा गायत्री शक्तिपीठका सदस्य अवधेश पाण्डेय ले संयुक्त रूपमा दीप प्रज्वलन गरी गरेका थिए।

महिलालाई आत्मनिर्भर र स्वावलम्बी बनाउने उद्देश्यले आयोजना गरिएको ३० दिने सिलाइ–कटाइ तालिम कार्यक्रमको उद्घाटन सत्र सरोकार मञ्चका अध्यक्ष सेवक सौरभनाथ को अध्यक्षतामा सम्पन्न भएको थियो।

 

कार्यक्रमलाई सम्बोधन गर्दै लायन्स क्लबका अध्यक्ष बिमल सर्राफ ले सरोकार मञ्चले विगत धेरै वर्षदेखि महिलालाई आत्मनिर्भर बनाउने दिशामा निरन्तर काम गर्दै आएको उल्लेख गर्दै यस्तो पहल अत्यन्त सराहनीय रहेको बताए। उनले यो तालिम कार्यक्रम महिला सशक्तिकरणका लागि महत्वपूर्ण सावित हुने विश्वास व्यक्त गर्दै आफ्नो संस्थाको तर्फबाट सहयोगस्वरूप एक सिलाइ मेसिन प्रदान गर्ने घोषणा समेत गरे।

 

त्यसैगरी अखिल भारतीय मारवाडी महिला सम्मेलनका अञ्चल अध्यक्ष बीमा गोयल ले सरोकार मञ्च स्थापना भएदेखि नै सामाजिक क्षेत्रमा सक्रिय रूपमा काम गर्दै आएको बताइन्। उनले कोरोना कालमा समेत मञ्चले विभिन्न सामाजिक गतिविधि सञ्चालन गरेको स्मरण गर्दै महिलाका लागि मेहन्दी तालिम तथा ३० दिने ब्यूटी पार्लर तालिम जस्ता कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न भएको जानकारी दिइन्। अहिले सञ्चालन गरिएको सिलाइ–कटाइ तालिम कार्यक्रमले महिला उत्थानका लागि महत्वपूर्ण प्लेटफर्म प्रदान गर्ने उनको विश्वास रहेको थियो।

 

त्यस्तै अखिल भारतीय मारवाडी महिला सम्मेलन रक्सौल शाखाकी अध्यक्ष सोनु काबडा ले सिलाइ–कटाइ तालिमले महिलालाई आत्मनिर्भर बन्ने अवसर प्रदान गर्ने बताउँदै यस्ता कार्यक्रम निरन्तर आयोजना हुनुपर्नेमा जोड दिइन्।

कार्यक्रमको अन्त्यमा सरोकार मञ्चका अध्यक्ष सेवक सौरभनाथ ले धन्यवाद ज्ञापन गर्दै तालिम कार्यक्रमको उद्देश्यबारे जानकारी गराएका थिए।

 

कार्यक्रममा सिलाइ प्रशिक्षिका सीता देवी, गायत्री महिला मण्डलकी अध्यक्ष अनिता श्रीवास्तव, अवधेश पाण्डेय, प्रियंका पाण्डेय, सरोकार मञ्चकी सदस्य त्रिषा कुमारी, रंजन किशोर लगायतका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित