वीरगंज/ २४ फाल्गुन
वीरगंज जेसीजको आयोजनामा ११६औँ अन्तर्राष्ट्रिय नारी दिवस विशेष कार्यक्रमका साथ सम्पन्न भएको छ। कार्यक्रम वीरगञ्ज जेसीज वर्ष २०२६ का अध्यक्ष जेसी रविन्द्र श्रेष्ठको सभापतित्वमा वीरगंज जेसीजको सचिवालयमा आयोजना गरिएको थियो।
कार्यक्रममा वीरगंज जेसीजका पूर्व अध्यक्ष जेसी उषा शाहको प्रमुख आतिथ्यता रहेको थियो भने संस्थापक अध्यक्ष जेसीआई सिनेटर पशुपति विक्रम शाह तथा पूर्व अध्यक्ष जेसी मधुराना ज्यूको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रमका अवसरमा वीरगंज क्षेत्रमा विगत दुई दशकभन्दा लामो समयदेखि सञ्चार क्षेत्रमा सक्रिय रही समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याउँदै आउनुभएकी सञ्चारकर्मी श्रीमती अनिता कुँवर एनी ज्यूलाई सम्मान गरिएको थियो। उहाँको पत्रकारिता तथा सामाजिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै वीरगञ्ज जेसीजले सम्मान गरेको हो।
कार्यक्रमका संयोजक वीरगंज जेसीजको महिला कार्यक्रम संयोजक जेसी रागिनी साह रहनुभएको थियो। कार्यक्रमको सञ्चालन वीरगञ्ज जेसीजका कार्यकारिणी उपाध्यक्ष जेसी रोशन दास थारुले गर्नुभएको थियो।
कार्यक्रममा उपस्थित अतिथिहरूले नारी सशक्तीकरण, समानता तथा समाज विकासमा महिलाको भूमिकाबारे विचार व्यक्त गर्दै अन्तर्राष्ट्रिय नारी दिवसको महत्वमाथि प्रकाश पार्नुभएको थियो।








