हरिकिशोर शर्मा / फागुन २० जिराभवानी पर्सा ।
पर्सागढी नगरपालिका–३ बड्नियार चोकमा चेक जाच को क्रममा उमेदवार सवार गाडि मा शंकास्पद वस्तु फेला परेपछि बडनिहार चौक तनावग्रस्त बनेको छ।
प्रहरीका अनुसार राति करिब ११ बजे चेकजाँचका क्रममा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) पर्सा क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार मनोज कुमार चौधरी सवार गाडीको डिक्कीबाट बम जस्तो देखिने शंकास्पद वस्तु भेटिएको हो। त्यसपछि गाडी तत्काल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
घटनाबारे जानकारी पाएलगत्तै नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेर शंकास्पद वस्तुको परीक्षण सुरु गरेको छ। सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै उक्त क्षेत्रलाई घेराबन्दी गरिएको छ। हाल सो गाडि सुरछित ठाउ मा लगी सेना ले आफ्नो नियन्त्रण मा राखेको छ
उक्त गाडीमा उम्मेदवार चौधरीसँगै नेकपाका नेता सत्यनारायण चौधरी, रामेश्वर मण्डल र सुरज कार्की सवार रहेको जनाइएको छ। गाडी चालक वीरगञ्ज–छपकैया निवासी मुन्ना अन्सारी रहेको प्रहरीले जनाएको छ। हाल गाडीमा सवार सबै व्यक्तिलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएको छ।
शंकास्पद वस्तु फेला परेपछि स्थानीयवासीमा त्रास फैलिएको छ। घटनाको वास्तविकता र वस्तुको प्रकृतिबारे आधिकारिक पुष्टि हुन बाँकी रहेको प्रहरीले जनाएको छ।हाल गाडि मा सवार उमेदवार सहीत सबैलाइ जिप्रका पर्सा मा राखिएको छ।









