नेपाललाई निर्वाचनसम्बन्धी सहयोगको चौथो खेप हस्तान्तरण

 

वीरगंज — भारत सरकारद्वारा नेपाललाई प्रदान गरिँदै आएको निर्वाचनसम्बन्धी सहयोगको चौथो खेप वीरगञ्जमा आयोजित एक कार्यक्रममार्फत हस्तान्तरण गरिएको छ। उक्त सहयोग भारतीय महावाणिज्यदूत श्री देवी सहाय मीनाले पर्साका प्रमुख जिल्ला अधिकारी श्री भोला दहाललाई औपचारिक रूपमा हस्तान्तरण गर्नुभयो।

नेपालमा आगामी निर्वाचनको तयारीका लागि नेपाल सरकारको अनुरोधअनुसार उपहारस्वरूप उपलब्ध गराइएको यस चौथो खेपमा ३० वटा एक टन क्षमताका ट्रकसहित अन्य आवश्यक सामग्री समावेश छन्।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दहालले समयमै निर्वाचनसम्बन्धी सहयोग उपलब्ध गराएकोमा भारत सरकारप्रति धन्यवाद व्यक्त गर्नुभयो।

यसअघि भारत सरकारले निर्वाचन सहयोगअन्तर्गत ८५० भन्दा बढी सवारीसाधन तथा अन्य सामग्रीका पहिलो तीन खेप नेपाललाई हस्तान्तरण गरिसकेको छ।

भारतीय पक्षबाट जारी सहयोग र समर्थनले दुई देशबीचको बहुआयामिक तथा बहुक्षेत्रीय विकास साझेदारीलाई प्रतिबिम्बित गर्नुका साथै नेपाल र भारतका जनताबीचको गहिरो पारस्परिक विश्वास र मित्रताको प्रतीकका रूपमा रहेको बताइएको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित