National Private and Boarding Schools Association Nepal टी–२० नकआउट क्रिकेट टुर्नामेन्ट–२०८२ तेस्रो दिन आदर्श, सगरमाथा र गोल्डेन गेट विजयी

 

अभिलाष गुप्ता

वीरगञ्ज, १५ फाल्गुन

 

National Private and Boarding Schools Association Nepal (नेशनल प्याब्सन) द्वारा आयोजित टी–२० नकआउट क्रिकेट टुर्नामेन्ट–२०८२ अन्तर्गत तेस्रो दिनका खेलहरू वीरगञ्जस्थित आदर्शनगर रंगशालामा सम्पन्न भएका छन्।

 

विद्यालयस्तरको यस प्रतियोगितामा वीरगञ्ज तथा आसपासका २० वटा विद्यालयको सहभागिता रहेको छ।

तेस्रो दिन सम्पन्न खेलमा आदर्श विद्यालय ६ विकेटले विजयी भएको छ भने सगरमाथा एकेडेमीले ३ विकेटले प्रतिस्पर्धी टोलीलाई पराजित गरेको छ। त्यस्तै, वीरगञ्ज गोल्डेन गेट स्कुलले १२१ रनको फराकिलो अन्तरले प्रभावशाली जित दर्ता गरेको आयोजकले जानकारी दिएका छन्।

नकआउट प्रणालीमा सञ्चालन भइरहेको प्रतियोगिताका खेलहरू अत्यन्त प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेका छन्।

विद्यार्थी खेलाडीहरूले उत्कृष्ट ब्याटिङ, बलिङ तथा फिल्डिङ प्रदर्शन गर्दै खेलप्रेमी दर्शकको ध्यान आकर्षित गरेका छन्।

आयोजकका अनुसार यस प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि वृद्धि गर्नुका साथै अनुशासन, टीमवर्क र नेतृत्व क्षमताको विकासमा महत्वपूर्ण टेवा पुर्‍याउने विश्वास लिइएको छ। विद्यालयस्तरमै क्रिकेट प्रतिभा पहिचान तथा प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।

 

प्रतियोगिता आगामी दिनहरूमा पनि जारी रहनेछ। प्रत्येक चरणसँगै प्रतिस्पर्धा अझै कडा बन्दै जाने अपेक्षा गरिएको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित