गौतम स्कुलको ४९औँ वार्षिक अन्तर–हाउस खेलकुद प्रतियोगिता सम्पन्न

 

वीरगञ्ज/ १५ फागुन

 

गौतम स्कुलको ४९औँ वार्षिक अन्तर–हाउस खेलकुद प्रतियोगिता उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। विगत ६ दिनदेखि सञ्चालन हुँदै आएको उक्त प्रतियोगिता औपचारिक समापन समारोहका बीच सम्पन्न भएको हो।कक्षा १ देखि कक्षा ६ सम्मका विद्यार्थीहरूले दौड, हाइजम्प, लङजम्प, रिले रेस, भलिबल, फुटबल लगायत विभिन्न खेलकुद विधामा सक्रिय सहभागिता जनाएका थिए। साना कक्षादेखि नै खेलकुदप्रति रुचि, अनुशासन र आत्मविश्वास अभिवृद्धि गराउने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा विद्यार्थीहरू उल्लेखनीय उत्साहका साथ सहभागी भएका थिए।

कार्यक्रमका प्रमुख अतिथि Birgunj United Football Club का संस्थापक तथा Nepal Pharmaceuticals का कर्पोरेट डाइरेक्टर अबिन्द्र आमात्य रहेका थिए। त्यसैगरी विशिष्ट अतिथिका रूपमा पर्सा Cricket Association का अध्यक्ष मनीष सिंह,विद्यालयका डाइरेक्टर सोनल लामा, प्रिन्सिपल गणेश क्षेत्री, समाजसेवी ओम झा लगायतको विशेष उपस्थिति रहेको थियो।कार्यक्रम विद्यालयका म्यानेजिङ डाइरेक्टर प्रीया परीक्षा लामाको अध्यक्षतामा सम्पन्न भएको थियो भने शिक्षक सौराज प्रधान र शिपेन्द्र गुप्ताले कार्यक्रम सञ्चालन गरेका थिए।

समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि अबिन्द्र आमात्यले खेलकुदले विद्यार्थीको शारीरिक मात्र नभई मानसिक र सामाजिक विकासमा समेत महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले भने,

“विद्यालय तहबाटै खेलकुद संस्कृतिको विकास गर्नु अत्यन्त आवश्यक छ। खेलले अनुशासन, नेतृत्व क्षमता र टिमवर्क सिकाउँछ। यस्ता प्रतियोगिताले बालबालिकामा आत्मविश्वास बढाउने काम गर्छ।”उनले विद्यालयले नियमित रूपमा यस्ता कार्यक्रम आयोजना गर्दै विद्यार्थीहरूलाई खेलकुदमा प्रोत्साहन गरिरहेकोमा प्रशंसा व्यक्त गरे।

 

समापन अवसरमा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई अतिथिहरूले मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए। प्रतियोगिताले विद्यार्थी, शिक्षक तथा अभिभावकबीच सकारात्मक ऊर्जा, एकता र उत्साह थपेको विद्यालय प्रशासनले जनाएको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित