आयोगको चेतावनी: शिक्षक–कर्मचारी निर्वाचन प्रचारमा संलग्न भए कारबाही

 

काठमाडौँ । निर्वाचन आयोग ले शैक्षिक संस्थामा कार्यरत प्राध्यापक, शिक्षक तथा कर्मचारी निर्वाचन प्रचार–प्रसार गतिविधिमा संलग्न भएको पाइए कडा कारबाही गरिने चेतावनी दिएको छ।

 

आयोगका अनुसार केही प्राध्यापक, शिक्षक तथा कर्मचारी राजनीतिक दल तथा उम्मेदवारको पक्षमा खुलेर प्रचार–प्रसारमा सहभागी भएको भनी आयोगमा उजुरी तथा गुनासो प्राप्त भएका छन्। ती गुनासोको आधारमा आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै आचारसंहिताविपरीत कुनै पनि गतिविधिमा संलग्न नहुन सम्बन्धित सबैलाई सचेत गराएको हो।

विज्ञप्तिमा शैक्षिक संस्थासँग आबद्ध जनशक्तिले तटस्थता कायम राख्नुपर्ने उल्लेख गर्दै निर्वाचन आचारसंहिताको व्यवस्था प्रतिकूल हुने गरी प्रचार–प्रसारमा सहभागी भएको पाइएमा आचारसंहिताको दफा ४८ बमोजिम कारबाही गरिने स्पष्ट पारिएको छ।

 

आयोगले निर्वाचन प्रक्रियाको स्वच्छता, निष्पक्षता र पारदर्शिता कायम राख्न सबै पक्षलाई आचारसंहिता पालना गर्न आग्रह समेत गरेको छ। साथै, आचारसंहिता उल्लंघनसम्बन्धी थप उजुरी परेमा आवश्यक छानबिन गरी कानुनी कारबाही अघि बढाइने जनाइएको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित