वीरगंज — नेपाल राष्ट्रवाद संघ केन्द्रीय कार्यालय वीरगंजले पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवले दिनुभएको राष्ट्रप्रतिको वक्तव्यप्रति स्वागत तथा हार्दिक अभिनन्दन व्यक्त गरेको छ।
संघका केन्द्रीय अध्यक्ष जनकलाल साह द्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा वर्तमान जटिल राजनीतिक अवस्थालाई मध्यनजर गर्दै गरिने चुनावले देश विद्रोहमा जानसक्ने, देशको अस्तित्व तथा धर्म–संस्कृति संकटमा पर्न सक्ने र नेपाली नागरिकको पहिचान समाप्त हुने खतरा देखिएको उल्लेख गरिएको छ।
विज्ञप्तिमा बाह्य शक्तिहरू हावी हुने अवस्था सिर्जना हुन सक्नेप्रति चिन्ता व्यक्त गर्दै नेपाल राष्ट्रवाद संघले वर्तमान ‘जेन्जी सरकार’लाई तत्काल देशमा उत्पन्न समस्या समाधान गरी अगाडि बढ्न आग्रह गरेको छ।
संघले राष्ट्रिय एकता, धर्म–संस्कृति संरक्षण तथा देशको सार्वभौमिकता जोगाउन सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिएको छ।









