नेशनल प्याबसन टी–२०: माउन्ट हर्मन र ज्ञानोदयको प्रभावशाली जित

 

वीरगञ्ज, ०७ फागुन

 

नेशनल प्याबसन प्रिमियर नकआउट टी–२० क्रिकेट प्रतियोगिता–२०८२ अन्तर्गत चौथो दिनका खेलहरू आदर्शनगर खेल मैदानमा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएका छन्। दिनभर भएका दुई प्रतिस्पर्धात्मक खेलमा माउन्ट हर्मन मा.वि. र ज्ञानोदय मा.वि. विजयी बने।

 

माउन्ट हर्मनको १० विकेटको सहज जित

 

विद्या सदन मा.वि. र माउन्ट हर्मन मा.वि.बीच भएको खेलमा माउन्ट हर्मनले टस जितेर पहिले बलिङ रोज्यो। पहिलो इनिङ्समा विद्या सदन ८.१ ओभरमै सबै विकेट गुमाउँदै मात्र २७ रनमा समेटियो। माउन्ट हर्मनका बलरहरूले कसेको लाइन–लम्बाइमा उत्कृष्ट बलिङ गर्दै विपक्षी ब्याटिङ लाइनअपलाई दबाबमा राखे।

 

जवाफी ब्याटिङमा माउन्ट हर्मनले ४.४ ओभरमै बिना कुनै विकेटको क्षतिमा २८ रन बनाउँदै १० विकेटको शानदार जित दर्ता गर्‍यो।

म्यान अफ द म्याच: सनोज यादव — ४ ओभरमा ११ रन खर्चेर ५ विकेट तथा २० बलमा १५ रन।यादवको उत्कृष्ट अलराउण्ड प्रदर्शनले टोलीको जित सुनिश्चित गर्‍यो।

 

ज्ञानोदयको १९६ रनको फराकिलो जित

 

दोस्रो खेलमा शान्ति निकेतन मा.वि.ले टस जितेर पहिले बलिङ रोज्यो। पहिलो इनिङ्समा ज्ञानोदय मा.वि.ले निर्धारित २० ओभरमा १ विकेटको क्षतिमा विशाल २२९ रन बनायो। ज्ञानोदयका ब्याट्सम्यानहरूले आक्रामक शैलीमा खेल्दै रनको वर्षा गरे।

 

जवाफमा शान्ति निकेतन ७.३ ओभरमै सबै १० विकेट गुमाउँदै ३३ रनमा सीमित भयो। यससँगै ज्ञानोदय १९६ रनको फराकिलो अन्तरले विजयी बन्यो।

 

म्यान अफ द म्याच: सर्जिल अली अन्सारी — २ ओभरमा १० रन खर्चेर ३ विकेट तथा ६० बलमा शानदार १०० रन (शतक)।

अन्सारीको विस्फोटक शतक र प्रभावकारी बलिङ चौथो दिनको मुख्य आकर्षण

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित