कोमल राज्यलक्ष्मी देवी शाहको ७६ औँ जन्मोत्सवमा माल्यार्पण

 

वीरगंज — पुर्व श्री ५ बडामहारानी कोमल राज्यलक्ष्मी देवी शाहको ७६ औँ जन्मोत्सवका अवसरमा वीरगंजस्थित घण्टाघर चोकमा उहाँको तस्बिरमा माल्यार्पण गर्दै शुभकामना व्यक्त गरिएको छ।

 

नेपाल राष्ट्रवाद संघको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा सहभागीहरूले “हिमाल बचाउन राजा चाहियो, पहाड बचाउन राजा चाहियो, तराई बचाउन राजा चाहियो, जनता बचाउन राजा चाहियो” भन्ने नारा लगाएका थिए।

 

कार्यक्रममा नेपाल राष्ट्रवाद संघका पर्सा जिल्ला अध्यक्ष संगीता देवी शाहसहित उमाशंकर प्रसाद, राजेन्द्र पाल, बिष्णु कुमार, संतोष गुप्ता, पृथ्वी झा, शम्भु प्रसाद चौरसिया, उदित हहनी, शिवसंकर प्रसाद, रामनारायण साह, किरणमान डङ्गोल, शम्भु घिमिरे, हरेराम प्रसाद, राधाकृष्ण चौहान, धुरेन्द्र पटेल, पवन साह, अशोक मण्डल, चुलाइ मिया, ज्ञानेन्द्र मण्डल, सावित्री शिलवाल, इदा मिया, खुबलाल साह, जहिर अंसारी लगायतको उपस्थिति रहेको थियो।

 

नेपाल राष्ट्रवाद संघका केन्द्रीय अध्यक्ष जनकलाल साहले जन्मोत्सवका अवसरमा बडामहारानीको सु–स्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरिएको जानकारी दिए।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित