वीरगंज । नेपाल राष्ट्रवाद संघ का केन्द्रीय अध्यक्ष जनकलाल साह ले आदरणीय दुर्गा प्रसाई लाई नेपाल प्रहरीले बिना कुनै स्पष्ट कारण पक्राउ गरेको घटनाप्रति घोर आपत्ति जनाउनुभएको छ।
जारी प्रेस विज्ञप्तिमा प्रसाईलाई आतंकवादीलाई समातेझैँ शैलीमा पक्राउ गरिएको उल्लेख गर्दै उक्त कार्य निन्दनीय र आपत्तिजनक रहेको जनाइएको छ। संघले यस घटनालाई कानूनी प्रक्रिया तथा मानवअधिकारको मर्म विपरीत भएको आरोप लगाएको छ।

संघले नेपाल सरकारसँग दुर्गा प्रसाईलाई बिना सर्त तत्काल रिहा गर्न माग गर्दै, अन्यथा देशमा उत्पन्न हुन सक्ने सम्भावित परिस्थितिको सम्पूर्ण जिम्मेवारी सरकार स्वयंले लिनुपर्ने चेतावनी दिएको छ।









