पकहा मैनपुर गाउपालिका–४ मा विकासको नयाँ युग: युवा नेता अकलेश साहको पहलमा पक्की सडक निर्माण प्रक्रिया शुरु 

वीरगंज/ पर्सा जिल्लाको पकाहा मैनपुर गाउँपालिका–४ मा वर्षौँदेखि जीर्ण अवस्थामा रहेको सडक अब पक्की रूपमा निर्माण हुने भएको छ। मधेस प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट प्राप्त बजेट तथा पकाहा मैनपुर गाउँपालिकाका मेयर प्रत्याशी एवं युवा विकासवादी नेता अकलेश कुमार साह को सक्रिय पहलमा उक्त सडक निर्माण प्रक्रिया औपचारिक रूपमा अघि बढेको हो। लामो समयदेखि धुलामय र हिलामय बनेको आत्माराम पथदेखि भेलाहा जाने सडक अब स्तरउन्नति र ढलानसहित पक्की बन्ने भएपछि स्थानीयवासीमा उत्साह छाएको छ।

वडा–४ अन्तर्गत पर्ने उक्त सडक वर्षौँदेखि बिग्रिएको अवस्थामा रहेकाले स्थानीय बासिन्दाले आवत–जावत, बिरामी ओसारपसार, विद्यालय आवागमन तथा दैनिक व्यापारिक गतिविधिमा ठूलो सास्ती भोग्दै आएका थिए। सम्बन्धित निकायमा पटक–पटक ध्यानाकर्षण गराउँदा पनि ठोस पहल हुन नसकेको अवस्थामा युवा नेता साहले विषयलाई प्राथमिकतामा राख्दै मधेस प्रदेश सरकारसँग समन्वय गरी ४० लाख रुपैयाँ बराबरको योजना गाउँमा भित्र्याउन सफल भएका हुन्। स्थानीयका अनुसार “समस्या उठेपछि तुरुन्तै समाधान खोज्ने शैली” साहको मुख्य पहिचान बन्दै गएको छ।

यसैबीच, साहको पहलमा पकाहा मैनपुर गाउँपालिका–४ भित्र ठूलो लहावरथकरी देखि आत्माराम पथ सडकसम्म थप ३५ लाख रुपैयाँको अर्को सडक योजना समेत स्वीकृत भइसकेको छ। दुवै योजना कार्यान्वयनमा आएपछि उक्त वडाको सडक सञ्जालमा व्यापक सुधार आउने विश्वास गरिएको छ। विकासका मुद्दालाई केन्द्रमा राखेर काम गर्ने उनको शैलीका कारण उनी औपचारिक पदमा नरहे पनि प्रभावकारी “डेभलपर लिडर” (विकासमुखी नेता) का रूपमा उदाउँदै गएको स्थानीयहरूको भनाइ छ।

🌟 पदमा नभए पनि युवा नेता विकास प्रेमीको रूपमा चर्चा 🌟

स्थानीयवासीहरूले यसअघि पनि साहको सक्रियतामा विद्यालय भवन, स्वास्थ्य चौकी निर्माण, मन्दिर संरक्षण, सडक स्तरोन्नति, नाला निर्माण लगायतका पूर्वाधार योजना सफलतापूर्वक सम्पन्न भएको स्मरण गराएका छन्। “कागजमा मात्र होइन, काम मैदानमा देखिने नेता चाहिएको थियो, त्यो काम साहले देखाइरहनु भएको छ,” एक स्थानीयले प्रतिक्रिया दिए।

स्थानीयहरूको धारणा अनुसार पदमा रहेका कतिपय नेताहरूले पटक–पटक आग्रह गर्दा पनि योजना ढिलो अघि बढाउने प्रवृत्ति देखाउँछन्, तर अकलेश साह जनताको आवश्यकता पहिचान गरी छिटो निर्णय र कार्यान्वयन गर्ने क्षमताका कारण अलग पहिचान बनाउँदै गएका छन्। विकासलाई प्राथमिकतामा राख्दै काम गर्ने उनको शैलीले आगामी स्थानीय राजनीतिक समीकरणमा समेत प्रभाव पार्ने आकलन भइरहेको छ।

सडक निर्माण सुरु हुने खबर सार्वजनिक भएसँगै पकाहा मैनपुर–४ का बासिन्दा उत्साहित बनेका छन्। स्थानीयहरूले समयमै गुणस्तरीय निर्माण सम्पन्न भएमा शिक्षा, स्वास्थ्य, कृषि तथा स्थानीय व्यापारमा सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गरेका छन्। विकासलाई परिणाममा रूपान्तरण गर्ने युवा नेतृत्वप्रति भरोसा बढ्दै गएको उनीहरूको भनाइ छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित