त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वराजा ज्ञानेन्द्र शाहको भव्य स्वागत, सुरक्षा व्यवस्था कडा

 

फागुन १ /काठमाडौं ।पूर्व राजा ज्ञानेन्द्र शाह शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका छन्। उनलाई स्वागत गर्न ठूलो संख्यामा समर्थकहरू विमानस्थल बाहिर भेला भएका थिए। समर्थकहरूले विभिन्न नाराबाजी गर्दै पूर्वराजाको स्वागत गरेका हुन्।

पूर्वराजा शाह झापाबाट काठमाडौं आएका हुन्। सुरुमा उनी बुद्ध एयरमार्फत आउने भनिए पनि मौसमका कारण उडान डिले हुने भएपछि उनले हेलिकप्टरमार्फत यात्रा गर्ने निर्णय गरेका थिए। विमानस्थल सुरक्षा कार्यालयका एक अधिकृतका अनुसार उनी कैलाश हेलिकप्टरमार्फत विमानस्थलमा अवतरण गरेका हुन्।

विमानस्थल गेट बाहिर समर्थकहरूले ‘हाम्रो राजा हाम्रो देश, राजा आउ देश बचाऊ’ लगायतका नारा लगाउँदै स्वागत गरेका थिए। गाडीमा बसेर बाहिर निस्कँदा शाहले हात हल्लाउँदै समर्थकहरूलाई अभिवादन तथा धन्यवाद दिएका थिए।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईंले विमानस्थल परिसरभित्रै पुगेर पूर्वराजाको स्वागत गरेका थिए।

पूर्वराजालाई विमानस्थलबाट निर्मल निवास पुर्‍याउने तयारी गरिएसँगै सुरक्षा व्यवस्था कडा पारिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार सम्भावित भीड र र्‍यालीलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था मजबुत बनाइएको हो।

यसैबीच,विमानस्थल आसपास क्षेत्रमा स्थानीय प्रशासनले निषेधाज्ञा समेत जारी गरेको जनाएको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित