असोक यादव/रौतहट/फाल्गुण १ गते
रौतहटको वृन्दावन नगरपालिका–२ बिश्रामपुर बजारस्थित विशाल किराना पसलमा पेट्रोल किन्ने क्रममा नक्कली १ हजार दरका नोट प्रयोग गर्न खोज्दा दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा वृन्दावन नगरपालिका–२ बिश्रामपुर बस्ने २९ वर्षीय दिनेश पटेल र बरहथवा नगरपालिका–१ बरहथवा बस्ने २० वर्षीय विवेक प्रसाद यादव रहेका छन्।
प्रहरी चौकी बिश्रामपुरबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिई जाँच गर्ने क्रममा १ हजार दरका १४ थान नक्कली नोट बरामद गरेको जनाएको छ। बरामद नोटसहित दुवै जनामाथि आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।









