वीरगंज जेसिजद्वारा मल्टी च्याप्टर ट्रेनिङ सम्पन्न

 

वीरगंज/२४ माघ

वीरगंज जेसिजको आयोजनामा मल्टी च्याप्टर ट्रेनिङ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। तालिममा LOM Officer तथा Parliamentary Meeting Procedure सम्बन्धी व्यावहारिक प्रशिक्षण प्रदान गरिएको थियो। उक्त तालिम मुख्य प्रशिक्षक नेपाल जेसिजका राष्ट्रिय प्रशिक्षक जेसि सुनील तिम्सिनाले दिनुभएको थियो।

कार्यक्रमको सभापतित्व वीरगंज जेसिज वर्ष 2026 का अध्यक्ष जेसि रविन्द्र श्रेष्ठले गर्नुभएको थियो। प्रमुख अतिथिका रूपमा वीरगंज जेसिजका पूर्व अध्यक्ष तथा वर्ष 2026 का अध्यक्ष सल्लाहकार सेनेटर सन्तोष खनालको उपस्थिति रहेको थियो। साथै नेपाल जेसिज वर्ष 2026 का राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष सेनेटर बिकेशलाल श्रेष्ठको विशेष उपस्थिति कार्यक्रमलाई थप गरिमामय बनाएको थियो।

कार्यक्रममा सेनेटर मोहन प्रधान, सेनेटर निशान्त कुमार लामिछाने, सेनेटर दिलिप ढुंगेल, सेनेटर मनीष श्रेष्ठलगायत वीरगंज जेसिजका पूर्व अध्यक्ष तथा अध्यक्ष सल्लाहकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको स्वागत मन्तव्य वीरगञ्ज जेसिज वर्ष 2026 का ट्रेनिङ चेयरम्यान जेसि उमेश गुप्ताले प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन वीरगञ्ज जेसिज वर्ष 2026 का महासचिवले गर्नुभएको थियो।

तालिमपश्चात् आयोजित अनुभव आदान–प्रदान सत्रमा चन्द्रनिगाहपुर सिटी जेसिज वर्ष 2026 का अध्यक्ष जेसि देवराज न्यौपाने तथा हेटौडा लेडी जेसिज वर्ष 2026 की अध्यक्ष जेसि नम्रता श्रेष्ठले तालिम अत्यन्तै प्रभावकारी तथा उपयोगी रहेको उल्लेख गर्दै यसबाट धेरै नयाँ विषयहरू सिक्न पाएको र आगामी दिनहरूमा सिकेका कुराहरूलाई व्यवहारमा पूर्ण रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित