एआईसँग बदलिँदै भारत: १०,३०० करोड लगानी, ३८,००० जीपीयू र समावेशी विकासमा तीव्रता

 

 

नयाँ दिल्ली/ माघ १७ गते

 

कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence – AI) को प्रयोगमार्फत भारत प्रविधि, अर्थतन्त्र र सामाजिक विकासमा नयाँ युगतर्फ अघि बढिरहेको छ। भारत सरकारअन्तर्गत प्रेस इन्फर्मेसन ब्युरो (PIB) ले सार्वजनिक गरेको विवरणअनुसार इन्डियाएआई मिसन अन्तर्गत आगामी पाँच वर्षमा १०,३०० करोड रुपैयाँभन्दा बढी लगानी गरिनेछ भने ३८,००० ग्राफिक्स प्रोसेसिङ युनिट (GPU) स्थापना गरिने योजना अघि बढाइएको छ।

 

हाल भारतमा ६० लाखभन्दा बढी जनशक्ति प्रविधि तथा एआई इकोसिस्टममा संलग्न छन्। यसै वर्ष भारतीय प्रविधि क्षेत्रबाट २८० अर्ब अमेरिकी डलरभन्दा बढी राजस्व आर्जन हुने अनुमान गरिएको छ। सरकारी मूल्याङ्कनअनुसार सन् २०३५ सम्म एआईले भारतको अर्थतन्त्रमा करिब १.७ ट्रिलियन अमेरिकी डलर थप योगदान पुर्‍याउन सक्ने सम्भावना छ।

 

कृत्रिम बुद्धिमत्ता के हो?

 

कृत्रिम बुद्धिमत्ता भनेको मेसिनलाई मानवजस्तै सोच्न, सिक्न, निर्णय गर्न र समस्या समाधान गर्न सक्षम बनाउने प्रविधि हो। एआईले डेटा सेट, एल्गोरिदम तथा ठूलो भाषा मोडेलको प्रयोग गरी सूचना विश्लेषण, ढाँचा पहिचान तथा स्वचालित प्रतिक्रिया उत्पादन गर्छ। समयसँगै यस्ता प्रणालीहरू अझ सशक्त बन्दै जान्छन्, जसले मानिससरह तर्क गर्न, निर्णय लिन र संवाद गर्न सक्ने क्षमता विकास गर्छन्।

 

समावेशी विकासमा एआईको भूमिका

 

नीति आयोगको प्रतिवेदन “समावेशी सामाजिक विकासका लागि एआई” (अक्टोबर २०२५) अनुसार एआई प्रविधिले भारतका करिब ४९ करोड अनौपचारिक श्रमिकहरू लाई स्वास्थ्य, शिक्षा, सीप विकास तथा वित्तीय सेवामा पहुँच पुर्‍याउन सहयोग गर्न सक्छ। प्रतिवेदनले एआई–आधारित उपकरणले उत्पादनशीलता वृद्धि, सामाजिक–आर्थिक खाडल घटाउने र राष्ट्रिय अर्थतन्त्रलाई मजबुत बनाउने उल्लेख गरेको छ।

 

स्वास्थ्य, कृषि, शिक्षा, स्मार्ट सहर, सार्वजनिक सेवा तथा डिजिटल शासन प्रणालीमा एआईको प्रयोग तीव्र गतिमा विस्तार हुँदै गएको छ। अनुसन्धान प्रवर्द्धन, स्टार्टअप सहयोग तथा डिजिटल पहुँच विस्तार गर्दै भारतले समावेशी, सुरक्षित र दिगो एआई विकास लाई प्राथमिकतामा राखेको सरकारको भनाइ छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित