पर्सा–१ मा जनमत पार्टीका उम्मेदवार सरार्फद्वारा इनर्वामा घरदैलो र संवाद

 

वीरगंज, १२ माघ

पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट जनमत पार्टीका उम्मेदवार ओमप्रकाश सरार्फले वीरगंज महानगरपालिका वडा नम्बर–१६ अन्तर्गत इनर्वा दक्षिण टोलमा घरदैलो तथा संवाद कार्यक्रम सम्पन्न गरेका छन्।

 

कार्यक्रमका क्रममा स्थानीयवासीहरूले उम्मेदवार सरार्फलाई फूलमाला, अबिर र सम्मानसहित भव्य स्वागत गरेका थिए। घरदैलो तथा संवाद कार्यक्रममार्फत उनले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै क्षेत्रका समस्या, आवश्यकता तथा विकासका सम्भावनाबारे छलफल गरेका थिए।

उम्मेदवार सरार्फले मुलुकमा देखिएको राजनीतिक अस्थिरता, बेरोजगारी, विकासको अभाव र जनतामा बढ्दो निराशाबाट निकास दिन जनमत पार्टी नै एकमात्र विकल्प भएको दाबी गरे। उनले विकास र समृद्धिका लागि जनमत पार्टीको चुनाव चिह्न ‘हर्न’ मा मतदान गर्न आग्रह गर्दै सबै मतदातालाई पार्टीमा गोलबन्द हुन आह्वान गरे।

 

कार्यक्रममा जनमत पार्टीका नेताहरू बिध्यालाल प्रसाद, रम्भा मिश्रा, भुपेन्द्र साह, सिए देवराज, दिनानाथ साह, सुनिल गुप्ता, सहनवाज राकी, सत्ययुग साह, नरेश राम, सिकेश महतो, निराजन कुशवाहा, तुलसी रामलगायतको उल्लेख्य उपस्थिति रहेको थियो। सो अवसरमा स्थानीय नेता–कार्यकर्ता तथा सर्वसाधारण गरी सयौंको सहभागिता रहेको जनाइएको छ।

स्थानीयवासीहरूले आफ्नो क्षेत्रको विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा आधारभूत पूर्वाधारमा सुधारको अपेक्षा व्यक्त गर्दै उम्मेदवार सरार्फप्रति विश्वास व्यक्त गरेका छन्।

 

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित