वीरगंजको मेरिगोल्ड सेकेन्डरी स्कुलमा मानव अधिकार शिक्षा तथा ‘राइट फर राइट’ कार्यक्रम सम्पन्न

 

वीरगंज/११ माघ

 

वीरगंज महानगरपालिका–स्थित कुम्हालटोलमा रहेको Marigold Secondary School मा Human Rights Education & Right for Right कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

 

Amnesty 16 Group को आयोजनामा सम्पन्न उक्त कार्यक्रममा कक्षा ८ र ९ मा अध्ययनरत करिब ९० जना विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा मानव अधिकारका आधारभूत अवधारणा, बालअधिकार, अधिकारसँगै कर्तव्यको महत्व, समानता तथा न्यायजस्ता विषयमा केन्द्रित रही प्रशिक्षण प्रदान गरिएको थियो।

कार्यक्रमलाई सहभागितामूलक बनाउने उद्देश्यले उदाहरण, समूह छलफल तथा प्रश्न–उत्तर विधिको प्रयोग गरी विद्यार्थीहरूलाई मानव अधिकारको व्यवहारिक पक्षबारे जानकारी गराइएको थियो।

कार्यक्रममा Amnesty 16 Group का अध्यक्ष रजनीश झा ले प्रशिक्षण प्रदान गर्नुभएको थियो भने समूहका सदस्यहरू शम्भु घिमिरे, शाहरुख शेख र फारुक शेख ले प्रशिक्षण सत्रमा सहयोग गरेका थिए। अध्यक्ष झाले विद्यार्थीहरूमा सानैदेखि अधिकारप्रतिको चेतना विकास हुनु आवश्यक रहेको उल्लेख गर्दै अधिकारको प्रयोग जिम्मेवारीपूर्वक गर्नुपर्नेमा जोड दिनुभयो।

 

कार्यक्रममा सहभागी विद्यार्थीहरूले मानव अधिकारसम्बन्धी विषयमा नयाँ ज्ञान हासिल भएको प्रतिक्रिया दिएका छन्। विद्यालय प्रशासनले यस्ता सचेतनामूलक कार्यक्रमले विद्यार्थीहरूको व्यक्तित्व विकास तथा सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर रूपमा आयोजना गर्ने प्रतिबद्धता जनाएको छ।

 

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित