हिन्दु सम्राट नेपालको वीरगंज वडा नं.–१ मा वडा समिति गठन, अध्यक्षमा सानु साह चयन

 

 

वीरगंज/ १० माघ

हिन्दु सम्राट नेपालको वीरगंज महानगरपालिका वडा नं.–१ मा वडा समिति गठन गरिएको छ। वडा नं.–१ स्थित श्री रामजानकी मन्दिरमा सम्पन्न नियमित बैठकबाट सानु साहको अध्यक्षतामा नयाँ वडा समिति सर्वसम्मत रूपमा गठन गरिएको हो।

 

हिन्दु सम्राट नेपाल पर्साका जिल्ला अध्यक्ष विकास साहको अध्यक्षतामा सम्पन्न उक्त बैठकले संगठनलाई वडा तहमा थप सशक्त बनाउने उद्देश्यसहित नयाँ समिति चयन गरेको हो। नवगठित वडा समितिको उपाध्यक्षमा सञ्जय मण्डल, सचिवमा शिव साह, सह–सचिवमा धिरज पटवा तथा कोषाध्यक्षमा रोहित साह चयन भएका छन्। त्यसैगरी समितिका सदस्यहरूमा विशाल कुमार, सुमन पटेल, चन्दन साह, राजु राम, अदिन्त साह, रोहित कुमार मण्डल र विशाल साह रहेका छन्।

 

उक्त कार्यक्रममा हिन्दु सम्राट नेपालका केन्द्रीय तथा जिल्ला तहका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा महासचिव प्रज्वल डंगोल, सचिव उदयनारायण गिरी, कोषाध्यक्ष दीप नारायण यादव तथा सल्लाहकार राजु शाहको उपस्थिति रहेको थियो, जसले बैठकलाई थप गरिमामय बनाएको थियो।

 

बैठकमा संगठनलाई वडा तहमा अझ मजबुत बनाउने, धार्मिक तथा सामाजिक गतिविधिहरूलाई सक्रिय रूपमा अगाडि बढाउने, समाजसेवामूलक कार्यमा संगठनको भूमिका प्रभावकारी बनाउने तथा संगठनात्मक एकता सुदृढ गर्ने विषयमा व्यापक छलफल गरिएको थियो।

 

कार्यक्रमका सहभागीहरूले नवगठित वडा समितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै आगामी दिनमा संगठनले सामाजिक र धार्मिक क्षेत्रमा सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

 

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित