रौतहट। नेकपा एमालेका उम्मेदवार कुन्दन कुशवाहाको मनोनयन दर्ता गराएका छन । निर्वाचन क्षेत्र नं. ३ मा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरूको मनोनयन दर्ता प्रक्रिया तीव्र बनेसँगै चुनावी माहोल तातिँदै गएको छ। विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूले मनोनयन दर्ता गराइसकेपछि प्रतिस्पर्धा बहुपक्षीय र रोचक बन्ने संकेत देखिएको छ।
प्राप्त विवरणअनुसार नेकपा एमालेबाट कुशवाहा, नेपाल मजदुर किसान पार्टीबाट रेखा कुमारी पटेल, जनमत पार्टीबाट सेख परवेज आलमले मनोनयन दर्ता गराएका छन्। त्यस्तै, स्वतन्त्र उम्मेदवारका रूपमा राजेश साह तथा मंगोल नेशनल अर्गनाइजेसनबाट उत्तर बहादुर रानाले पनि उम्मेदवारी दर्ता गराएका छन्।
उम्मेदवारहरूको विविध उपस्थितिले रौतहट–३ मा राजनीतिक सरगर्मी बढेको छ। दलहरू आ–आफ्ना एजेन्डा र रणनीतिसहित चुनावी मैदानमा उत्रिँदै गर्दा मतदातामाझ उत्साह बढ्ने अपेक्षा गरिएको छ। आगामी दिनमा चुनावी प्रचार–प्रसार थप तीव्र हुने देखिन्छ।









