श्री शंकरलाल केडिया स्मृति अन्तर–विद्यालय फुटबल सुरु, साउथ जोन र मेरीगोल्ड विजयी

 

अभिलाष गुप्ता

वीरगञ्ज, ०३ माघ

डी.ए.भी. आर.बी. केडिया स्कूलद्वारा सञ्चालित “श्री शंकरलाल केडिया स्मृति अन्तर–विद्यालय फुटबल प्रतियोगिता २०८२” आजबाट सुरु भएको छ। प्रतियोगिताको पहिलो दिन दुई खेल सम्पन्न भएका छन्।

पहिलो खेलमा साउथ जोन सेकेन्डरी स्कूल ले गौतम सेकेन्डरी स्कूल लाई ३–१ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ। साउथ जोनका ज्ञानराज चौधरी उत्कृष्ट प्रदर्शन गर्दै म्यान अफ द म्याच घोषित भए।

त्यसैगरी, दोस्रो खेलमा मेरीगोल्ड सेकेन्डरी स्कूल ले बिकन सेकेन्डरी स्कूल लाई २–० गोल अन्तरले हराउँदै प्रतियोगितामा जीत दर्ता गर्‍यो। मेरीगोल्डका निखिल चौधरी ले उत्कृष्ट खेल प्रदर्शनका कारण म्यान अफ द म्याच को उपाधि प्राप्त गरे।

प्रतियोगिताबारे जानकारी दिँदै डी.ए.भी. आर.बी. केडिया स्कूलका प्रिन्सिपल राकेश मिश्र ले विद्यालयस्तरमा खेलकुद विकास, अनुशासन र आपसी सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो। उहाँका अनुसार आगामी दिनहरूमा थप रोचक तथा प्रतिस्पर्धात्मक खेलहरू हुनेछन्।

उक्त प्रतियोगितामा वीरगञ्जका १४ वटा विद्यालय को सहभागिता रहेको छ भने खेलप्रेमी दर्शकहरूको उल्लेखनीय उपस्थिति देखिएको छ।

 

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित