कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै,गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

 

काठमाडौं: नेपाली कांग्रेस संस्थापन पक्षले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । बैठक मंगलबार बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

 

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यका साथै सातै प्रदेशका सभापतिको अनिवार्य उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ । कांग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको अग्रसरतामा आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन जारी छ । यही सन्दर्भमा आकस्मिकरुपमा केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको हो ।

 

यसैबीच नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष महाधिवेशन पक्षधर केन्द्रीय सहभागी नहुने भएको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यका साथै सातै प्रदेशका सभापतिको अनिवार्य उपस्थित हुन भनेका छन् । आकस्मिक रुपमा केन्द्रीय समिति बैठक बोलाइएको कार्यसमितिको बैठकमा विधान महाधिवेशन पक्षधर सहभागी नहुने भएको हो । यसैबीच दुवै पक्षबीच वार्ता पनि अघि बढेको छ । वार्ता समिति बने पनि समय र स्थानबारे अझै अन्योल छ ।

सभार:- अखबार नेपाल

 

सम्बन्धित