समावेशी समाजवादी पार्टीको समानुपातिक बन्द सूचीमा सन्जीवनी लोप्चन (सन्ध्या)

 

वीरगंज/ समावेशी समाजवादी पार्टीले आगामी निर्वाचनका लागि सार्वजनिक गरेको समानुपातिक बन्द सूचीमा सन्जीवनी लोप्चन (सन्ध्या) समावेश भएकी छन्। पार्टीले समावेशीता, समानता र सामाजिक न्यायलाई केन्द्रमा राख्दै उनको नाम सूचीमा समेटिएको जनाएको छ।

लोप्चनले आफ्नो नाम समानुपातिक बन्द सूचीमा पर्नु व्यक्तिगत उपलब्धिमात्र नभई लामो समयदेखि सीमान्तकृत समुदायका हक–अधिकारका लागि गरिएको संघर्षको सम्मान भएको बताएकी छन्। उनले पार्टीलाई बलियो जनमत प्राप्त भएमा जनताको आवाज नीति निर्माण र निर्णय प्रक्रियामा सशक्त रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरेकी छन्।

उनले महिला, तेस्रोलिङ्गी, दलित, पिछडिएको वर्ग, श्रमिक, किसान तथा सीमान्तकृत समुदायको हक–अधिकारका लागि सदैव अग्रपंक्तिमा उभिने बताउँदै समानुपातिक प्रणाली कमजोर आवाजलाई सदनसम्म पुर्‍याउने महत्वपूर्ण लोकतान्त्रिक माध्यम भएको उल्लेख गरिन्।

लोप्चनले मतदाताहरूलाई समावेशी समाजवादी पार्टीको चुनाव चिह्न ‘श्रीवत्स अन्नत गाँठो’ मा मतदान गरी समावेशी, न्यायपूर्ण र समाजवादी नेपाल निर्माणको यात्रामा सहभागी हुन अपिल गरेकी छन्।

उनका अनुसार मतदाता र समर्थकहरूको विश्वास, मत र समर्थन नै आफ्नो सबैभन्दा ठूलो शक्ति हो।

सम्बन्धित