वीरगंजमा इनर व्हील क्लबद्वारा कपडा बैंकलाई न्यानो कपडा सहयोग

 

वीरगंज । जाडो मौसमलाई मध्यनजर गर्दै इनर व्हील क्लब अफ वीरगंज ले सामाजिक उत्तरदायित्वअन्तर्गत वीरगञ्ज कपडा बैंक लाई न्यानो कपडा सहयोग गरेको छ। क्लबले १५ पोका न्यानो कपडा कपडा बैंकलाई हस्तान्तरण गरेको हो।

कपडा हस्तान्तरण कार्यक्रममा इनर व्हील क्लब अफ वीरगंजकी अध्यक्ष मञ्जुरी श्रेष्ठ, सचिव नीलम बेहाउत, उपाध्यक्ष प्रीति गुप्ता तथा सदस्यहरू रोशिता श्रेष्ठ, भगवान श्रेष्ठ, प्रियंका झा र सरिता यादव को उल्लेखनीय उपस्थिति रहेको थियो।

 

त्यसैगरी, वीरगंज कपडा बैंकका सचिव कन्हैया पटेल, सल्लाहकार प्रकाश उपाध्याय र निलाराम को पनि कार्यक्रममा उपस्थिति रहेको थियो। क्लबका पदाधिकारीहरूले संकलन गरिएको न्यानो कपडा कपडा बैंकका सचिव कन्हैया पटेललाई औपचारिक रूपमा हस्तान्तरण गरेका हुन्।

 

कार्यक्रममा बोल्दै इनर व्हील क्लबकी अध्यक्ष मञ्जुरी श्रेष्ठले जाडो मौसममा गरिब, असहाय तथा विपन्न वर्गलाई न्यानो कपडाको आवश्यकता बढी हुने भएकाले क्लबले सामाजिक सेवाको भावनाले यो सहयोग गरेको बताइन्। यस्ता मानवीय सहयोग कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने उनको भनाइ थियो।

 

कपडा बैंकका सचिव कन्हैया पटेलले इनर व्हील क्लब अफ वीरगञ्जप्रति आभार व्यक्त गर्दै प्राप्त न्यानो कपडा वास्तविक आवश्यकता भएका व्यक्तिहरूसम्म पुर्‍याइने जानकारी दिए। समाजमा सहयोग, सहकार्य र मानवता प्रवर्द्धन गर्न यस्ता संस्थागत प्रयासहरू अत्यन्तै प्रेरणादायी हुने उनले बताए।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित