वीरगंज। सखुवा प्रसौनी गाउँपालिका–४ मा आयोजित दोस्रो सखुवा प्रसौनी–४ वार्ड स्तरीय क्रिकेट प्रतियोगिता वार्ड अध्यक्ष आरिफ अंसारी ज्यूको नेतृत्वमा सञ्चालन भइरहेको छ।
आज सम्पन्न खेलमा एकडेर्वा र कटैया टोलीबीच प्रतिस्पर्धा भएको थियो। टस जितेर पहिले ब्याटिङ गरेको कटैया टोलीले निर्धारित १६ ओभरमा ५ विकेट गुमाउँदै १०२ रनको लक्ष्य एकडेर्वा टोलीसमक्ष प्रस्तुत गरेको थियो।

लक्ष्य पछ्याउन मैदानमा उत्रिएको एकडेर्वा टोलीले सन्तुलित र आक्रामक खेल प्रस्तुत गर्दै १२ ओभरमै लक्ष्य पूरा गरी सहज जित हात पार्यो।
खेलमा उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेका तूफान पटेलले २५ रन बनाउनुका साथै २ विकेट समेत लिएपछि उनलाई ‘म्यान अफ द म्याच’ घोषित गरिएको छ।
एकडेर्वा टोलीका कोच चन्दन सहनीले दिएको जानकारीअनुसार खेलाडीहरूले टिमवर्क र अनुशासनका साथ खेलेका कारण जित सम्भव भएको हो।









