प्याब्सन टी–१० क्रिकेट प्रतियोगिता १२ औं दिनको खेल सम्पन्न

 

 

अभिलाष गुप्ता

वीरगंज १३ पौष

 

निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) वीरगंजको आयोजनामा सञ्चालन भइरहेको दोस्रो संस्करणको प्याब्सन टी–१० गर्ल्स एन्ड जुनियर बोयज क्रिकेट प्रतियोगिता अन्तर्गत पुस १३ गते प्रतियोगिताको बारौँ दिन छ वटा प्रतिस्पर्धात्मक तथा रोमाञ्चक खेलहरू सम्पन्न भएका छन्।आदर्शनगरस्थित क्रिकेट मैदानमा सम्पन्न खेलहरूमा छात्रा तथा जुनियर छात्रतर्फका विभिन्न विद्यालय टोलीहरूले उत्कृष्ट खेल प्रदर्शन गर्दै दर्शकको मन जितेका थिए।

 

१२ औं दिनको पहिलो खेल जुनियर छात्रतर्फ गोल्डेन फ्युचर सेकेन्डरी स्कुल र लिटल फ्लावर सेकेन्डरी स्कुलबीच सम्पन्न भएको थियो। खेलमा लिटल फ्लावर सेकेन्डरी स्कुलले ७ विकेटको जित हात पार्‍यो। यस खेलका प्लेयर अफ द म्याच सुशांक गुप्ता घोषित भए।दोस्रो खेल छात्रातर्फ गौतम सेकेन्डरी स्कुल र साउथ जोन सेकेन्डरी स्कुलबीच भएको थियो। साउथ जोन सेकेन्डरी स्कुलले सशक्त प्रदर्शन गर्दै १० विकेटको फराकिलो जित दर्ता गर्‍यो। शिवानी साह प्लेयर अफ द म्याच बनिन्।

 

तेस्रो खेल जुनियर छात्रतर्फ एस.आर. ग्यालेक्सी एकेडेमी र गोल्डेन फ्युचरबीच सम्पन्न भयो। प्रतिस्पर्धात्मक खेलमा एस.आर. ग्यालेक्सी एकेडेमीले १५ रनको महत्वपूर्ण जित निकाल्न सफल भयो। यस खेलका प्लेयर अफ द म्याच राजन साह घोषित भए।चौथो खेल छात्रातर्फ एस.आर. ग्यालेक्सी एकेडेमी र बेकन सेकेन्डरी स्कुलबीच खेलिएको थियो। यस खेलमा एस.आर. ग्यालेक्सी एकेडेमीले ८ विकेटको सहज जित हात पार्‍यो। दीक्षा गिरी प्लेयर अफ द म्याच बनिन्।

 

बारौँ दिनको पाँचौँ खेल जुनियर छात्रतर्फ सुर्योदय सेकेन्डरी स्कुल र ज्ञान वाटिका स्कुलबीच सम्पन्न भयो। उत्कृष्ट टोलीगत प्रदर्शन गर्दै सुर्योदय सेकेन्डरी स्कुलले ७ विकेटको जित दर्ता गर्‍यो। यस खेलका प्लेयर अफ द म्याच साहिद देवान घोषित भए।बारौँ दिनको अन्तिम खेल छात्रातर्फ लिटल फ्लावर सेकेन्डरी स्कुल र एस.आर. ग्यालेक्सी एकेडेमीबीच भएको थियो। कडा प्रतिस्पर्धापछि लिटल फ्लावर सेकेन्डरी स्कुलले १२ रनको रोमाञ्चक जित हात पार्‍यो। अर्चना ठाकुर प्लेयर अफ द म्याच बनिन्।

आयोजक प्याब्सन वीरगञ्जका अनुसार प्रतियोगिताले विद्यालयस्तरका छात्रा तथा जुनियर छात्र खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने उत्कृष्ट मञ्च प्रदान गरेको छ। दर्शकहरूको उल्लेख्य उपस्थिति र विद्यालयहरूको सक्रिय सहभागिताले प्रतियोगिता दिनप्रतिदिन थप रोचक बन्दै गएको आयोजकले जनाएको छ।

सम्बन्धित