बेलवामा उप–प्रमुख इम्तियाज आलमद्वारा विकास निर्माणको अनुगमन

वीरगंज, पर्सा

 

वीरगंज महानगरपालिका वडा नं. ३१ बेलवामा वीरगंज महानगरपालिकाका उप–प्रमुख इम्तियाज आलमले विकास निर्माण कार्यको स्थलगत अनुगमन गर्नुभएको छ। उप–प्रमुख आलमको कोषबाट भइरहेको सडक ढलान तथा रामजानकी मन्दिरको प्रखाल निर्माण कार्यको उहाँले अवलोकन गर्नुभएको हो।

 

केही महिना अघि रामजानकी मन्दिर व्यवस्थापन समितिले प्रखाल निर्माणका लागि प्रस्ताव राखेपछि उप–प्रमुख आलमले सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो। सोही अनुसार आज प्रखाल निर्माण सम्पन्न भएपछि स्थानीय बासिन्दाहरू हर्षित भएका छन्।

यस अवसरमा रामजानकी मन्दिर व्यवस्थापन समितिले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिका रूपमा उप–प्रमुख आलम सहभागी हुनु भएको थियो। कार्यक्रममा बोल्दै उहाँले आफू सधैं जनताको साथमा रहेको बताउँदै आपसी सद्भाव, भाइचारा र सहकार्यका साथ समाजमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो। साथै रामजानकी मन्दिरको विकासका लागि आवश्यक सहयोग गर्न सधैं तयार रहेको उहाँले स्पष्ट पार्नुभयो।

 

कार्यक्रमको सभापतित्व पूर्व गाउँपालिका अध्यक्ष जोखन दासले गर्नुभएको थियो। कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं. २ का सचिव हरि यादव, वडा नं. ३१ का वडा अध्यक्ष जितेन्द्र यादव, हैदर अंसारी, शेख अमरुल हसन लगायत स्थानीयको उल्लेखनीय उपस्थिति रहेको थियो।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित