एसियाली कुस्ती च्याम्पियनसिपका सहभागी खेलाडीहरू वीरगंज महानगरपालिकाद्वारा सम्मानित

 

 

वीरगंज, १२ पौष

 

इरानको उरमिया सहरमा सम्पन्न सातौँ एसियाली कुस्ती च्याम्पियनसिप–२०२५ मा सहभागिता जनाई स्वदेश फर्किएका कुस्ती खेलाडीहरूलाई वीरगंज महानगरपालिकाले सम्मान गरेको छ।

महानगरपालिकाका मेयर राजेशमान सिंहले आज आफ्नै कार्यकक्षमा आयोजित कार्यक्रममा प्रतियोगितामा सहभागी चार जना खेलाडी—कुन्दन साह, सुजित यादव, निखिल पटेल र राम किशोर यादव—लाई गम्छा तथा मायाको चिनो प्रदान गर्दै सम्मान गरे। साथै, च्याम्पियनसिपमा सहभागी अन्य ११ जना खेलाडीहरूलाई ट्र्याकसुट प्रदान गरिएको थियो।

सम्मान कार्यक्रममा मेयर सिंहले अन्तर्राष्ट्रिय स्तरमा सहभागिता जनाउँदै देश र वीरगंजको नाम चिनाउन सफल खेलाडीहरूको प्रशंसा गर्दै महानगरपालिका खेलकुद विकासमा सधैं साथमा रहने प्रतिबद्धता व्यक्त गरे। उनले खेलाडीहरूलाई आगामी दिनमा अझ राम्रो प्रदर्शनका लागि निरन्तर अभ्यास र अनुशासनमा ध्यान दिन आग्रह गरे।

सम्मानित खेलाडीहरूले महानगरपालिकाबाट प्राप्त सम्मानले आफूहरूलाई थप हौसला र प्रेरणा मिलेको प्रतिक्रिया दिएका छन्।

 

सम्बन्धित