प्याब्सन टी–१० क्रिकेट प्रतियोगिता आज पाँच खेल सम्पन्न

 

 

 

अभिलाष गुप्ता

वीरगञ्ज ११ पौष

 

निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) वीरगञ्जको आयोजनामा जारी दोस्रो संस्करणको प्याब्सन टी–१० गर्ल्स एण्ड जुनियर बोयज क्रिकेट प्रतियोगिता अन्तर्गत ११ पुसमा पाँच खेल सम्पन्न भएका छन्। आदर्शनगरस्थित मैदानमा भएका खेलहरूमा छात्रा तथा जुनियर छात्र दुवै समूहका टोलीहरूले उत्कृष्ट खेल कौशल प्रदर्शन गरे।

 

बोयजतर्फको पहिलो खेलमा लिटल फ्लावर स्कूलले फुर्कान स्कुललाई ५ विकेटले पराजित गर्दै विजय हासिल गर्‍यो। यस खेलमा अमन यादव म्यान अफ द म्याच घोषित भए।

गर्ल्सतर्फको दोस्रो खेलमा अल्पाइन सेकेन्डरी स्कुलले ज्ञान वाटिका सेकेन्डरी स्कुललाई ८ विकेटले पराजित गर्‍यो। रिया यादव उत्कृष्ट प्रदर्शन गर्दै म्यान अफ द म्याच बनिन्।

 

तेस्रो खेलमा साउथ जोन सेकेन्डरी स्कुलले जीवन ज्योति सेकेन्डरी स्कुललाई ७ विकेटले पराजित गर्‍यो। यस खेलका म्यान अफ द म्याच नितेश पटेल घोषित भए।

चौथो खेलमा माउन्ट मकालु सेकेन्डरी स्कुलले लिटल एन्जल सेकेन्डरी स्कुललाई ३ विकेटले पराजित गर्दै जीत निकालेको हो। अनु यादव म्यान अफ द म्याच बनिन्।

दिनको अन्तिम खेलमा ब्लु हेभेन सेकेन्डरी स्कुलले एसआर ग्यालेक्सी एकेडेमीलाई २५ रनले पराजित गर्‍यो। पृथ्वी पटेल यस खेलका म्यान अफ द म्याच घोषित भए।

 

आयोजकका अनुसार प्रतियोगिताले विद्यालयस्तरका बालक–बालिकाको खेल प्रतिभा उजागर गर्नुका साथै क्रिकेटप्रति रुचि र प्रतिस्पर्धात्मक भावना विकास गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ।

सम्बन्धित