विपन्न दलित परिवारका लागि बृजेश्वर चौधरीद्वारा चापाकल सहयोग, सात परिवार लाभान्वित

अभिलाष गुप्ता

वीरगंज, ११ पुस

 

पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका–४ अन्तर्गत सोहरी गाउँमा बसोबास गर्दै आएका विपन्न दलित परिवारसहित स्थानीय बासिन्दाहरूका लागि खानेपानीको समस्या समाधानतर्फ महत्वपूर्ण पहल गरिएको छ। लामो समयदेखि स्वच्छ पिउने पानीको अभाव झेल्दै आएका स्थानीयका लागि चापाकल (हाते पम्प) जडान गरिएको हो, जसबाट सात परिवार प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।

 

जनमत पार्टीका तर्फबाट मेयर पदका प्रत्याशी बृजेश्वर चौधरीको सहयोगमा उक्त चापाकल जडान गरिएको हो। चापाकल सञ्चालनमा आएपछि अब स्थानीयवासीहरूलाई पिउने पानीका लागि टाढा–टाढा जानुपर्ने बाध्यता हटेको छ, जसले उनीहरूको दैनिक जीवनलाई सहज बनाएको छ। विशेषगरी महिला, बालबालिका तथा वृद्धवृद्धालाई पानीका लागि लामो दूरी तय गर्नुपर्ने समस्या कम भएको स्थानीयले बताएका छन्।

स्थानीय बासिन्दाहरूले यस सहयोगप्रति खुशी व्यक्त गर्दै यस्ता साना तर प्रभावकारी पहलहरूले समुदायमा सकारात्मक परिवर्तन ल्याउने बताएका छन्। उनीहरूका अनुसार आधारभूत आवश्यकतामा गरिएको सहयोगले जनजीवनमा प्रत्यक्ष राहत पुग्ने गरेको छ।

 

मेयर पदका प्रत्याशी बृजेश्वर चौधरीले आगामी दिनमा पनि विपन्न, दलित तथा पछाडि पारिएका समुदायको हितमा निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले विकास र समानताको यात्रामा सबैलाई समेटेर अघि बढ्ने आफ्नो उद्देश्य रहेको बताए।

 

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित