वीरगञ्ज, १० पौष
वीरगञ्ज निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) वीरगञ्जको आयोजनामा जारी दोस्रो संस्करणको प्याब्सन टी–10 गर्ल्स एण्ड जुनियर बोयज क्रिकेट प्रतियोगिता अन्तर्गत नवौँ दिन चार खेल सम्पन्न भएका छन्। आदर्शनगरस्थित क्रिकेट मैदानमा सम्पन्न खेलहरूमा विद्यालयस्तरका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन प्रस्तुत गरेका छन्।

नवौँ दिनको पहिलो खेल (जुनियर बोयज) मा ब्लू हेभेन एकेडेमीले MES लाई ४ विकेटले पराजित गरेको छ। उक्त खेलमा उत्कृष्ट प्रदर्शन गरेका आलोक पटेल म्यान अफ द म्याच घोषित भए।
दोस्रो खेल (गर्ल्स) मा ओएम नेसनल एकेडेमीले मनकामना सेकेन्डरी स्कुललाई ६ विकेटले पराजित गर्दै जित हात पार्यो। यस खेलमा अन्जली साह म्यान अफ द म्याच घोषित भइन्।
तेस्रो खेल (जुनियर बोयज) मा मनकामना सेकेन्डरी स्कुलले लिटल एन्जल्स सेकेन्डरी स्कुललाई ८ विकेटले पराजित गर्यो। खेलमा उत्कृष्ट प्रदर्शन गर्ने साहिल हुसैन म्यान अफ द म्याच बने।

चौथो खेल (गर्ल्स) मा गौतम स्कुलले सनसाइन एकेडेमीलाई ७८ रनले पराजित गरेको छ। यस खेलमा श्रेेष्ठा बस्नेत म्यान अफ द म्याच घोषित भइन्।
आयोजक प्याब्सन वीरगञ्जका अनुसार प्रतियोगिताले विद्यालयस्तरका खेलाडीहरूको प्रतिभा उजागर गर्नुका साथै क्रिकेटप्रति रुचि बढाउन महत्त्वपूर्ण भूमिका खेलिरहेको छ।









