अभिलाष गुप्ता
वीरगञ्ज १० पौष
राष्ट्रिय निजी तथा आवासीय विद्यालय संघ नेपाल (नेशनल प्याब्सन, वीरगञ्ज) को आयोजनामा प्राथमिक, माध्यमिक तथा माध्यमिक (+2) तहको चेस प्रतियोगिता–२०८२ वीरगञ्जस्थित ओम पार्टी प्यालेसमा भव्य रूपमा सम्पन्न भएको छ।कार्यक्रम नेशनल प्याब्सन, वीरगञ्जका अध्यक्ष जियालाल गुप्ताको अध्यक्षतामा सम्पन्न भएको थियो भने शिक्षा विकास तथा समन्वय इकाईका शाखा अधिकृत विद्यानन्द प्रसाद यादव प्रमुख अतिथिका रूपमा विशेष आतिथ्यता रहेका थिए।
प्रतियोगिताका संयोजक प्रमोद कुमार साह र हरिन्द्र प्रसाद कुशवाहा रहेका थिए। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा राहुल श्रीवास्तव, अमिल आलोक, कमल चौगाईलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको उद्घोषण काव्या एकेडेमीकी प्रधानाध्यापक ममता कुशवाहाले गरेकी थिइन्। प्रतियोगितामा वीरगञ्जका विभिन्न विद्यालयबाट विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
उक्त प्रतियोगिताको नतिजा अनुसार प्राथमिक तहमा प्रथम: आयुष गुप्ता जिएचपी स्कुल,द्वितीय: नितिन कानु ज्ञान उदय स्कूल,तृतीय: रिदम राई आइडियल एकेडेमी,माध्यमिक तह प्रथम: सिद्धार्थ श्रेष्ठ डिपिएस स्कुल,द्वितीय: पियुष कुमार साह,तृतीय: किशन साह सगरमाथा एकेडेमी
माध्यमिक (+2) तह,प्रथम: समित चौधरी, द्वितीय: आयुष चौरसिया डेसिमल स्कूल,तृतीय: सुमेधा खण्डेलवाल — दिल्ली पब्लिक स्कूल विजेता तथा सहभागी सबै विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो।
कार्यक्रममा वक्ताहरूले चेसजस्ता बौद्धिक खेलले विद्यार्थीहरूको रणनीतिक सोच, अनुशासन तथा खेलभावनाको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए।नेशनल प्याब्सन, वीरगञ्जले आगामी दिनहरूमा पनि यस्ता शैक्षिक, बौद्धिक तथा प्रतिभा अभिवृद्धि गर्ने कार्यक्रमहरू निरन्तर आयोजना गर्ने प्रतिबद्धता जनाएको छ।









