वीरगञ्जमा क्वाइनोनिया मण्डलीद्वारा ख्रीष्टमस शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

 

अभिलाष गुप्ता

वीरगञ्ज, १० पौष।

 

क्वाइनोनिया वीरगञ्ज मण्डलीले ख्रीष्टमस पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम वीरगञ्जमा भव्य रूपमा सम्पन्न गरेको छ।

मण्डलीका अध्यक्ष राजकुमार घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष प्रशुराम चौरसिया प्रमुख अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य बाबुराम कौशिक, वीरगञ्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, क्वाइनोनिया वीरगञ्ज मण्डलीका सल्लाहकार मार्तिन मोक्तान, सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलका सचिव श्रवणबहादुर रायमाझी, सञ्चारकर्मी युवराज खड्का, तुलसी भण्डारी, अभिलाष गुप्ता तथा नेपाल इनोभेटिभ सोसाइटी पर्साका अध्यक्ष कमल चौघाइलगायतको उपस्थिति रहेको थियो।

वक्ताहरूले ख्रीष्टमस पर्वले प्रेम, शान्ति, सहअस्तित्व र आपसी सद्भावको सन्देश दिने उल्लेख गर्दै यस्ता कार्यक्रमहरूले समाजमा धार्मिक सहिष्णुता र सामाजिक एकता प्रवर्द्धन गर्ने बताएका थिए।

कार्यक्रममा ख्रीष्टियन समुदायका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। बालबालिकाहरूले प्रस्तुत गरेको मनोरञ्जनात्मक नृत्यले कार्यक्रममा थप रौनक ल्याएको थियो। कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।

 

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित