आदर्शनगरमा ‘फ्राइबक्स’ नामक दक्षिण भारतीय परिकारको पसलको शुभ उद्घाटन

 

 

अभिलाष गुप्ता

वीरगञ्ज ०९ पौष

 

वीरगञ्ज महानगरपालिका–आदर्शनगरस्थित पुरानो बसपार्क नजिक, दयालु लड्स होटलको अपोजिटमा ‘फ्राइबक्स’ नामक नयाँ दक्षिण भारतीय परिकारको पसलको आज भव्य रूपमा शुभ उद्घाटन सम्पन्न भएको छ।

 

पसलको उद्घाटन बिरगञ्जका जल्दाबल्दा युवा नेता सुधिर पटेलले रिबन काटेर गर्नुभएको हो। उद्घाटन समारोहमा स्थानीय युवा, व्यापारी, सामाजिक व्यक्तित्व तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

 

सहभागीहरूले नयाँ स्वाद र सेवा सुरु भएकोमा खुशी व्यक्त गर्दै सञ्चालक टिमलाई सफलताको शुभकामना दिएका थिए।पसलका सञ्चालक सौरभ गुप्ताका अनुसार ‘फ्राइबक्स’मा दक्षिण भारतीय परिकार (South Indian Delights) अन्तर्गतका सबै प्रकारका डोसा, चिकेन डोसा,उत्तपम लगायतका लोकप्रिय दक्षिण भारतीय खानाका परिकारहरू एकै स्थानमा उपलब्ध हुनेछन्। उहाँका अनुसार यहाँ उपलब्ध सबै परिकारहरू स्वादिला, स्वच्छ तथा गुणस्तरीय हुनेछन्।

 

ग्राहकको स्वास्थ्य र स्वादलाई विशेष प्राथमिकतामा राख्दै सामग्रीको छनोटदेखि पकाउने प्रक्रियासम्म उच्च मापदण्ड अपनाइने सौरभ गुप्ताले बताउनुभयो। साथै, उचित मूल्यमा गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्यसहित ‘फ्राइबक्स’ सञ्चालनमा ल्याइएको उहाँको भनाइ छ।

 

स्थानीय क्षेत्रमा नयाँ स्वाद र फरक खानाको विकल्प थपिने अपेक्षासहित सुरु गरिएको ‘फ्राइबक्स’ले दक्षिण भारतीय खानाका पारखीहरू मात्र होइन, नयाँ स्वाद खोज्ने ग्राहकहरूलाई समेत आकर्षित गर्ने विश्वास लिइएको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित