डा. नन्दन यादव रास्वपाबाट समानुपातिक उम्मेदवार बन्ने चर्चाले मधेसमा सकारात्मक तरङ्ग

 

अभिलाष गुप्ता

वीरगंज, ०९ पौष

 

शिक्षाविद् तथा राजनीतिमा शालीन र निरन्तर सक्रिय रहँदै आएका सादा जीवनशैलीका धनी डा. नन्दन यादव राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट मधेशी क्लस्टर अन्तर्गत समानुपातिक उम्मेदवार बन्ने चर्चाले सम्पूर्ण मधेसमा सकारात्मक तरङ्ग सिर्जना गरेको छ।

रास्वपाका केन्द्रीय सदस्य तथा वाचा–पत्र तयारी समितिका सदस्यसमेत रहेका डा. यादवले मधेश प्रदेशमा पार्टीको संगठन निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ। साथै, शिक्षा क्षेत्रमा उहाँको योगदान उल्लेखनीय रहेको छ।

शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानको कदरस्वरूप डा. यादव राष्ट्रिय शिक्षा पदक–२०६८ तथा अन्तर्राष्ट्रिय एजुकेटेड अवार्ड–२०२३ बाट सम्मानित हुनुभएको छ।

यसअघि डा. यादव नेपाल समाजवादी पार्टी (लोहियावादी) का राष्ट्रिय अध्यक्षसमेत रहनुभएको थियो। उहाँले विगतका विभिन्न ऐतिहासिक जनआन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गर्दै संघीय मधेशी मोर्चामार्फत महत्वपूर्ण राजनीतिक योगदान दिनुभएको छ। साथै, उहाँ मदरल्याण्ड माध्यमिक विद्यालयका संस्थापकसमेत हुनुहुन्छ।

डा. नन्दन यादवको सादा जीवनशैली, शैक्षिक योगदान र दीर्घ राजनीतिक अनुभवले मधेसमा नयाँ आशा र सकारात्मक सन्देश प्रवाह गरेको विश्लेषकहरूको भनाइ छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित