राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा–३ मा मधेसी महिला प्रियन्का यादवको एकल नाम सिफारिस

पर्सा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पर्सा क्षेत्र नम्बर–३ बाट समानुपातिक तर्फ मधेसी महिला प्रियन्का यादवको एकल नाम सिफारिस गरिएको छ।

 

शैक्षिक क्षेत्रमा डबल एम.एड उत्तीर्ण गरेकी यादव पार्टीकी सक्रिय तथा सचेत सदस्यका रूपमा चिनिन्छिन्। लामो समयदेखि पार्टीको संगठन विस्तार तथा वैचारिक गतिविधिमा संलग्न रहँदै आएकी उनी शिक्षित र साक्षर महिलाको प्रतिनिधित्व गर्ने पात्रका रूपमा अघि बढेकी हुन्।

 

प्रियन्का यादवका श्रीमान नगिना यादवले विद्यार्थी जीवनदेखि नै राप्रपाबाट राजनीतिक यात्रा सुरु गरेका हुन्। हिन्दुत्व र राजसंस्थाको मुद्दामा अडिग रहँदै उनले विभिन्न चुनौती, जालझेल तथा पटक–पटक प्रहरी हिरासतको सामना गरे तापनि पार्टीप्रति आफ्नो प्रतिबद्धता कहिल्यै कमजोर हुन नदिएको बताइन्छ। हालसम्म पनि उनको राजनीतिक यात्रा राप्रपामै निरन्तर जारी छ।

 

पार्टीका राष्ट्रिय अध्यक्षले ‘अब नयाँ अनुहारलाई अवसर दिनुपर्छ’ भन्ने अवधारणा अघि सारेकाले सोही भावना अनुरूप आफूले समानुपातिक तर्फ उम्मेदवारी दिएको प्रियन्का यादवले बताएकी छन्।

 

उनको एकल सिफारिसले पर्सा जिल्लामा राप्रपाभित्र महिला, शिक्षा र मधेसी समुदायको प्रतिनिधित्वलाई थप सशक्त बनाउने विश्वास लिइएको छ।

 

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित