वीरगञ्ज, पर्सा — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ पर्साले २०८२ फाल्गुण २१ गते हुने प्रतिनिधिसभा निर्वाचन अन्तर्गतका लागि प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवारहरूको नामावली सिफारिस गरेको छ।
राप्रपाको केन्द्रीय समितिको २०८२ मंसिर २८ गतेको निर्णयअनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ क्षेत्रीय कार्य समिति, पर्सा मार्फत पार्टीको विधान र निर्देशिका अनुसार उम्मेदवार छनोट गरी सिफारिस गरिएको हो।
सिफारिस गरिएका उम्मेदवारहरूको विवरणअनुसार प्रत्यक्षतर्फ
१.किरणमान डंगोल
२.शान्ति देवी खड्का कार्की
३ नन्दकिशोर प्रसाद श्रीवास्तव
४.वरुण चौरसिया
समानुपातिक (मधेशी) तर्फ
१.मिरा देवी झा
२.जंग बहादुर राउत
३ मनोहर चौरसिया
त्यसैगरी समानुपातिक (खस/आर्य) तर्फ
१.राम बहादुर थापा
२.दुर्गा कुमारी घिमिरे गोलात (महिला तर्फ)
उक्त नामावली प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ क्षेत्रीय कार्य समिति, पर्सा को मिति २०८२ पुस ६ गते बसेको बैठकको निर्णयअनुसार केन्द्रीय नेतृत्वसमक्ष सिफारिस गरिएको हो। सिफारिस पत्रमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ क्षेत्रीय कार्य समिति,पर्साका अध्यक्ष अर्जुन बहादुर सिंह ठाकुरी को हस्ताक्षर रहेको छ।









